Posted by: Birkhe_Maila September 19, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
एउटा अर्को कविता! एउटा सुखानुभुति या एउटा दुखानुभुति!! प्रेमोत्कर्ष- तिमीले ढोका खोल्यौ, म थाहा नपाईकन भित्र पसेछु! संघारमा एकछिन, अल्मलिएको त अवश्य हो तर खै, अनायाशै, पाइला भित्रतिर बढेछन्! सुन्थेँ कतै, भित्र निस्पट्ट अन्धकार छ! कतै सुन्थेँ, भित्र आँखा खाने ज्योती छ! एकछिन, केवल एकछिन, शान्ती छायो, यो उम्लिएको मनमा। भित्र हरियो थियो! भित्र वन थियो! भित्र पानी थियो! भित्र आकाश थियो!! त्यो पल रोक्ने दुस्साहस, नगरेको हैन मैले। त्यो रस पिउने धृष्टता, नगरेको हैन मैले! मातको खात खोज्दा खोज्दै, एकछिन मै, म त बाहिरिएछु!! पुन: त्यो ढोका नियाल्दैछु म! पुन: त्यो संघार काट्न खोज्दैछु म!!
Read Full Discussion Thread for this article