Posted by: CaMoFLaGeD September 14, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
"स्वयम्भु भनेको बुद्धको गुम्बा हो। यहाँ आएपछि मन त्यसै शान्त हुन्छ। त्यहि भएर अझ यो ठाउँमा आएर Meditation गर्यो भने त्यस्को आनन्द नै बेग्लै हुन्छ।" पूजाले मानसलाई सम्झाँउदै थिइन्। मानस र पूजाको भेट भएको धेरै भएको थिएन। तर थोरै समयमा तिनीहरुले एक आपसलाई राम्ररी चिनेका थिए। सोच्ने तरिकाको हिसाबले हेर्ने हो भने उनीहरुमा निकै भिन्नता देखिन्थ्यो तैपनि सार्‍है राम्रो जोडी देखिन्थे। "मानस! मैले भने नि तिमीलाई, यहाँ बस अनि त्यो स्वयम्भुको आँखालाई हेर, तिम्रो मन त्यसै आनन्दित हुनेछ" पूजाले मानसलाई तानेर आफ्नो छेउमा बसालिन। "एकछिन न! उ त्यहाँ बाँदरहरु हेर न कस्तो राम्रो तरिकाले खेलिरहेका, त्यो हेरुम न एकैछिन" मानस को ध्यान छेउमा रहेका एक जोडी बाँदरहरुमा थियो। "लौ म के कुरा गरिरहेकी छु तिमी भने बाँदर हेरेर बस्ने?" पूजालाई चित्त बुझेन। "हो भन्या! कस्तो रमाइलो छ के" मानसले पूजा तिर हेर्नपनि भ्याएन। छेउमा रहेका एकजोडी बाँदरहरु एक आपस सङ्ग जिस्किरहेका थिए। घरि एउटा लुक्थ्यो अनि अर्कीले उस्लाई खोज्थी अनि फेरि उस्को लुक्ने पालो हुन्थ्यो। मानस त्यो बाँदरको खेल देखेर खित्का छोडी छोडी हाँसिरहन्थ्यो। "मानस! तिमी के भाको? अर्काको खेल देखेर पनि मनमा शान्ती हुन्छ, तिनीहरु लाई एक्लै छोडी देउ न, यहाँ बसेर एकछिन आँखा बन्द गर कस्तो Peace हुन्छ मनमा" पूजाले निकै कर गरिन। "त्यसरीमात्र Peace हुन्न के मनमा, त्यो बाँदरलाई हेर न, हामीले पनि केहि सिक्छौँ के तिनीहरु बाट, मलाई त कता कता त्यो बाँदरको अनि मेरो दिमाग उस्तै उस्तै लाग्छ। त्यस्को खेल्ने तरिका हेर त, म र त्यस्मा कस्तो Similarity छ" मानसको पुरै ध्यान ति बाँदरहरु तिर थियो। "त्यहि भएर त तिमीलाई मैले पहिले देखि भनेको नि, तिमी मेरो Type को होइन भनेर" पूजा जुरुक्क उठिन र स्वयम्भु को पस्चिम तिर पर्ने पर्खाल तिर लागिन। "पूजा, तिमी कता जान लागेकी?" मानसले सोध्यो। "त्यहाँबाट Sunset राम्रो देखिन्छ म त्यहि हेर्छु, तिमी आउने भए आउ म सङ" पूजाले भनिन्। "ल ल तिमी जाउ म एकछिन यिनीहरुलाई हेर्छु" मानसले जान मानेन। ति बाँदरहरु खेलिरहेका थिए। पूजा पर गएर छितिजमा डुब्न लागेको घाम हेर्दै थिइन् अनि मानस ति बाँदरहरु हेरेर रमाइरहेको थियो। बाँदरहरु एकछिन खेलेपछि, बाँदर्नी चाँहि पूजा बसेकै पर्खाल तिर लागी अनि त्यो बाँदरपनि उस्को पछि पछि लाग्यो। मानस त्यहाँ एक्लो भयो। अनि उ पनि तिनीहरुको पछि पछि लाग्दै पूजा तिर लाग्यो। पूजा अस्ताउन लागेको घाम हेरिरहेकी थिइन्। मानसले छेउमा गएर उनको कुममा आफ्नो कुमले धक्का दियो। पूजाले उनलाई हेरिन् अनि मुसुक्क हाँसिन्। "देख्यौ त मानस, मनको शान्ति पाउन अर्काको खेल हेर्ने होइन प्रकृतिको यो रमाइलो खेल हेर्नुपर्छ, मनलाई सार्है आनन्द हुन्छ" पूजाले मानसको कुममा टाउको राख्दै भनिन्। "मैले त अघि देखिनै भनिरहेको हो नि, त्यो बाँदरबाट मैले धेरै कुरा सिक्न सक्छु भनेर, त्यो पनि उस्को साथीको पछि पछि आयो, अनि म पनि तिम्रो पछि पछि आएँ" छेउमा सुर्यास्त हेरिरहेका त्यो बाँदरको जोडीलाई देखाउदै मानसले भन्यो। छेउमा रहेका ति बाँदरहरु एकनास त्यो सुर्यास्तको रमणिय दृश्य हेरिरहेका थिए। पूजा ति बाँदरलाई हेर्न थालिन् अनि तिनीहरुको मायालाई महसुश गर्न थालिन्। मानस अस्ताउन लागेको सुर्यलाई हेर्न थाल्यो अनि त्यो साँझको आनन्दमयी बातावरणमा हराउन थाल्यो। बिस्तारै बिस्तारै घाम डुब्दै गयो अनि अध्यारो हुन थाल्यो। ति बाँदरहरु सङै बसिरहेका थिए। पूजा ति बाँदरलाई हेरिरहेकी थिइन्, मानस त्यो सुर्यास्तमा रमाइरहेको थियो। सुर्यास्त सङ्गै ति बादरहरु छेउको जङल तिर लागे। पूजाले आफ्नो आँखाले भ्याएसम्म तिनीहरुलाई हेरिरहिन्। मानस आकाशमा देखिने सुर्यास्त पछि को गुलाबी रङमा हराइरह्यो। अनि पूजातिर हेरेर सोध्यो, "पूजा के म साच्चि तिम्रो Typeको छुइन त?" पूजाले उसलाई हेरिन् अनि मुसुक्क हाँसेर भनिन्, "ति बाँदरहरु कता गए होलान् हगि, भोली हामी तिनीहरुलाई खानेकुरा लिएर आउनु पर्छ है!" "हुन्छ, यहि टाइममा आउने अनि Sunsetपनि सङ्गै हेर्नुपर्छ" मानसले पूजालाई हेर्दै भन्यो। समाप्त
Read Full Discussion Thread for this article