Posted by: CaMoFLaGeD September 13, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
मिस अब कुन पाठ पढम? यो पल्ट फस्ट हुनै पर्ने छ। जे मा पनि लास्ट लास्ट भएर खत्तम भो। घराँ बा आमाले मेरो उदाहरण कसैलाई दिन पाउनु भएन रे। मैले भनेको नि, गाममा माछा मार्न को सिपालु? मकै चोर्न को सिपालु? यसैमा मेरो उदाहरण दिए भैगो भनेर। बा लाई किन चित्त बुझेन कुन्नि जन्डै हुर्‍याइ दिएका माथीबाट मलाई। धन्न आमाले सम्झाउनु भो र बाँचे। अब भन्नु त खोलाको माछा समात्न कम ट्याक्टिस लाग्छ? फेरि मकै चोर्न कम गार्हो काम हो? बुझ्ने होइनन्। यसपाली चाँहि फस्ट आउनै पर्ने छ। ए सान्नानी के छ नि तिम्रो खबर? हिजो आज अलि फुर्सद भए जस्तो छ तिमीलाई। आज पात्रो हेरेको त दशैँ त आउनै पो लागेको रहेछ नि। नेपालाँ भए अहिले मंगल धून बजेर कत्ति रमाइलो हुन्थ्यो। लौ ठिकै छ, जे छ त्यसै मा सन्तोष मान्न पर्छ रे। हैन के के बोलेँ मैले यहाँ? नमस्ते गर्न त भुसुक्कै बिर्सेको। नमस्ते है सबैलाई!
Read Full Discussion Thread for this article