Posted by: Dada_Giri September 12, 2006
Login in to Rate this Post:
0
?
"५० सालाँ हो कि जस्तो मानिचु नेपालाँ टिका ला'को. बउदल आएसी गामको चुनाउ सुनाउ सकेसि नै हो. हो, भनेसि ५० सालाँ हो..."
"फरि बउदल आओ केरे. यो बर्ख जाने दिन जुर्छ कि जस्तो छ..."
"के लानी होला. लाँदा झोला गरुगों हुन्छ. नलाँदा नि उता पुगेसि ल्याम्न पर्नी रच भनेजस्तो हुन्छ..."
"मोजा पनि सुबै बुढी औँलामा दुला परिचन्. टाल्दीनी मुन्छे नि छैनन्...उहिँ भाँग्ली दमिनीले टाल्देली नि."
" बाटाँ एक्लै बोर हुन्छ, मन के ले टाल्नी होला. साझा हेर्न नि पाइन्न. केटी मुन्छे परे त हुन्तो छेउमा.फेरि घराँ थाहा पाएदेखि गालि खानु पर्छ नपरोस् केटि सेटी.हैन, घराँ कल्ले भन्छ र फेरि. परोस् केटी नै परोस् छेऊमा."
"गालउ पनि नपर्खिकन गइहालो.यस्तै हुन् आलकाँचा केटाहुर.भर मान्न हुन्न.मान्न त मैले पैले देखि नै भर मानेओ हैन तेसको."
"काँचो त भउते नि काँचो नै हुन्. भउतेले, यही बाटो आम्छु भन्थे भन्न त तर अर्को बर्ख आम्नी रे. गोडा ३६५एक दिन कुरुम न दादा भन्दै थे."
"घर पुगेसी रमैलो हुन्छ जो...घर्ति सेतेको मेवाको बोट कत्रो भो होला...तोरिबारियाँ मौरी भुनभुनाम्दै होलान्..."