Posted by: CaMoFLaGeD September 11, 2006
Login in to Rate this Post:
0
?
एक दिनाँ ५-५ पन्ना पुग्ने भन्या यो चौतारीपनि। कसरी सकेका त्यत्रो बिदी लेख्न? पढ्दा पढ्दा बल्ल बल्ल सकेँ।
ए! ग्वाँचे त्यो काल्पनिक हो भन्ने कुरो त्यहि कथामा लेख्न पर्दैन??? धन्न त्यो अर्को लेखपनि पढेको भएर मन शान्त भयो। कथा राम्रो लाग्यो।
ग्वाँचेले भनेको कुरो चाँहि एकदम राम्रो लाग्यो। मैले देखेको कुरो के। अरु नि थुप्रै थ्रेड हेर्छु है, हरेकमा केहि केहि कुरामा झगडा भैहाल्ने। यो चौतारीमा जहिलेपनि हाँसो अनि ठट्टा हुन्छ। एउटा बेग्लै किसिमको रमाइलो अनुभव हुन्छ यहाँ। नयाँ आउनेलाई स्वागत गर्ने राम्रो चलन छ चौतारीमा। सायद त्यसैले होला यत्ति धेरै कुराहरु निस्कन्छन् यहाँ, यति धेरै रचनाहरु आउछन् चौतारीमा।
अब पिकनिकको कुरो: शनिबार बिहान जाने कुरो त मिल्यो। तर कस्को बिहान नि? गालउको बिहान भाको बेला मेरो मा राति हुन्छ। मेरो मा बिहान भाको बेला तितौरी मध्य निन्द्रामा हुन्छिन। चित्रे उठेको बेला कहिले काँहि ठुल्नानी TV हेर्या भएर सुत्न भ्याएकी पनि हुन्नन्। लौ कुरा मिलाम्न परो।
अब रुघाको कुरो: हैन ठुल्नानी र चित्रे के सार्हो सङ्गै घुमेका भन्या। यसो एउटालाई रुघा लागेको बेला त अलि दिन छुट्टिएपनि हुने नि। अब ओखती चाँहि सङ्गै मिलेर खाओ।
दीप जी को कविता क्या बात!
अनि जाँदा जाँदै: हाम्रा जिम्माल बा लाई अलिकत्ति नि निहु पाउनु हुन्न, खाली "पुन्टेदाई सङ्ग धोबिनि काँ जान्छु" भनिहाल्ने। बुज्या छु तिम्रा चाला नि बुढा मान्छे!!