Posted by: Birkhe_Maila September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
लु सकिएन! ल ल ठुल्नानी तिमिले जहिले भन्छौ त्यतिबेला नै बिहेको कुरो अरम्ला। बरु चित्रे कुरेर बस्छ कि बस्दैन कुन्नि? :) अब कान अलि अलि कम सुन्दै गाको त हो, तर चाइन्जो काग काँ काँ अर्दा कोइलि गा’को अस्तो ठ्याक्कै उल्टो त सुन्दिन गाँठे! क्यार्नु तितौरी म संगैका मुखिया बा म भन्दा नि कान नसुन्नि थे, कसले हो शहराटी के जाति कानमा लउने म्यासिन ल्याइदेछ बुडा त कानमा तो म्यासिन झुण्ड्यार सुन हालेओ आगाडिओ दोटा दाँत देखाम्दै गाममा कुरो अर्दै हिन्छन्। यो मोरो चित्रेको ब्याको मौका पारेर एउडा किनौँला भनेओ, ठुल्नानीले अइले ब्या नअर्नि रे। लु तितौरि बरु तिमि ब्या अर तेइ मौकामा काने म्यासिन नि किनम्ला म बरु। गरधुवा को चिन्ता नअर चाइन्जो भनेअस्तो दिम्ला! :) अब जिम्माल्निले समेत मेरो कुरो चाइन्जो नपत्याम्नु भनिन अरे??? यो बुडेसकालाँ मया अर्ने एउडि बुडिले नि तेसो भनेसि अब क्यार्न थाल्नु मुइँले। बेलाँ कम्ति मया अरिन तेसलाई! २ मुरि धान बेचेओ पैसो सपै खन्यार दुई दुई ओटा सिफनको फरिए हाल्द्या थेँ उतिबेला। वरिपरिको सात गाममा चाइन्जो जिम्माल्निको सिफनको फरिया छ भनेर आइमाईहरु डाहाले मरिसिद्धिन्थे। त्यसलाई वायु लागेर फत्रक फत्रक परेओ बेलाँ ३ दिन ३ रात आँखो झिमिक्क नि नअरि बसेओ ज्यान हो यो। जेठानले लाहुर ग’र फर्कँदा “भाउजुचाइँलाई बुलाकि हाल्दे म बैनिलाई पराई बनाए बुडा” भनेर रोएर रडाको मच्चाम्दा जलविरेओ आठ आना जग्गा बेचेर बुलाकि हाल्देको तेल्लाई। अइले आ’र म बुडोले भनेओ कुरो नपत्याम्नु भनिछे??? लु म आज घरै जान्न जे पर्ला पर्ला, पुन्टेदाई सँअ धोबिनिकाँ लागनु परो।
Read Full Discussion Thread for this article