Posted by: Birkhe_Maila September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
सान्नानी र तितौरीले बडो अप्ठेरोमा पारे अब चाइँ! हम्म्म्..... जिम्माल्नि आमैलाई कसरि लैजाने होला अब??? कुरो के भनेनि, हेरि जिम्माल्नि आमैको गाथमा अलि आराम छैन। तेस्तो केइ भा त हैन तर पनि तेई त हो बाथको बेथा, जोर्नि दुखेर आजै मर्छे कि अस्तो गरेर कराम्छे कैलेकाई। अनि तेस्तो बेलाँ क्यार्न यत्रो बाटो हिँडाम्ने भनेर भनेओ नि। बरु जे पाकेको छ, पलास्टिमा हालेर पटुकाले पोको पारेर लैदिम्ला नि घराँ।:) तितौरी तो जाउलो, खिर, खिचडि कति खानु बाबा। येसो ट्वाक्क नुन, ट्वाक्क पिरो, ट्वाक्क अमिलो मिला'र चाइन्जो केइ बनाउन मिठो मिठो। यो ठुल्नानि त चित्रेलाई एकै पटख रुघा लाएछ। यिनेरुको जोडि चैँ गजपको मिलेओ हो गाँठे। अब याँसम्म कि बेथा बिराम नि मिलार लाउने। के हो चित्रे र ठुल्नानी, चिना हेर्न पठाम् ज्योतिषलाई? के छ बिचार्:):)
Read Full Discussion Thread for this article