Posted by: miss_ me September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
ए प्रिती धेरै बोल्नेरै'छौ तिमी ( अर्को चौतारीमा हेरेको के मैले )। ल यस पटकलाई हाजिर भयो अर्को पटक ......उति खेरै सोचुम्ला :) प्रितीको कुराले मलाई सानो हुदाको कुरोसंझनमा आयो। उतिबेला हुदि सानी जो थे केरे म पनि भरखर एउ बाजि फालेको दाँत पलाउन थाल्या'थ्यो। दाँत पनि चेप्टो आउनि के सुरुमा त। थोते भन्ने बाट भरखर छुटकारा पाएको आफ्नो दाँत ऐनामा देख्दा मख्ख जो थिए के म पनि । । एक दिन दादाले भन्यो"आहा!!! तेरो दाँत कति राम्रो पाडोको जस्तो" म त झन मख्ख पर्नि के । था भए पो हुन्छ पाडो को दाँत कस्तो हुन्छ भन्नि । दादाले यसै गरि भन्ने क्रम चलि रह्यो । जब म रिसाउथे दादाले मनाउन प्रयोग गर्ने के यो "शब्द' म त्यसै त्यसै फुर्किन्थे --राम्रो भनेको सुनेर एक दिन हाम्रो घरमा नयाँ पाहुनो आयो पाडो। दूध खानलाई भैसि । मलाइ उत्सुकता जाग्यो साच्चि पाडोको दाँत कस्तो हुन्छ होला- पाडो कहिले नहास्ने के रे मनमनै सोच्थे "मेरो जस्तो नि "। एक दिन पाडो बिरामि भयो उस्लाई नि औषधि खान पर्यो भेटनरिको मान्छेले पाडोको मुख खोलेर औषधि खुवाउदै थ्यो यसो पाडोको दाँत हेरेको त लौ न नि .......:) कस्तो ठूलो चम्किलो अनि चेप्टो टम्म मिलेको तर किन किन मलाई मनै परेन पाडोको दाँत ... दादसंग रिस ऊठेर आयो त्यतिका दिन त मलाई जिस्काएको पो रे'छ । अनि पो था'भयो नि दादाले "तेरोदाँत पाडोको जस्तो छ नि " भन्दा किन मरि मरि हास्थ्यो भन्ने अनि म दादा संग दशै बिदा भरि बोलेन । पछि तिहार आयो नबोलि सुख .....दादा नै २० रुपिया दिउला नि भनेर फेरि अर्को निहु भेटायो मलाई खुसी बनाउन लाई ****************** मेरो दादा _____ i have missed you :( :(
Read Full Discussion Thread for this article