Posted by: Deep September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
बर पिपल पात पात्मा जिस्किएका फलैंचामा यात्री बात मार्दै सुस्ताएका लोक गीत खोल हाल्या रेडियोमा पात बेरेर बाजा पर खोल्सोमा लेख बेसिका बतास त्यतै बरालिएका धारो मुनि आहालमा भैसि नुहाएका कुर्ले ढुक्कुर् तल साल बनमा डाँफे बेग हान्दै थुम डाँडामा साथी भाइ गाम्ले देख्छु हाट हिनेका गैरिगाउँ दिदिका तावामा सेल् घुमेका लिङ्गे पिङ् राते टारमा रोटे पिङ् ठुलिकान्छीका बारीमा बर पिपल गाम हाट्ले सुन्छु बोलाएका देउसीका भाका बतासमा मिस्सिएका देश र परदेशको स्वप्न साँधमा ढल्केको छु आज फेरी आफ्नै चौतारीमा . अभिबादन्।
Read Full Discussion Thread for this article