Posted by: gwanche September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
सबैभन्दा पैला त नमेलाइ धन्यवाद, हाम्रो गाम्को ईन्जिनियर, यस्पाली नि बेलइमा नयाँ चौतारी चिनेछ । तर यो २६ औँ खण्डलाइ नि महोत्सव कै नाम दे'को भे'र झुक्किएर पुरानैमा पुगे, बल्ल बल्ल आइपुगे २६ औँ खण्डमा !! कुनै बिशेष खण्डलाइ मात्रै मउसब बना'र बाकी चौतारीलाइ चाँही खाली चौतारीमात्रै भन्ने हो कि ? अब कान समाएर उठ्बस् गर्छु, क्यार्ने, जानी जानी गल्ती त अर्‍या होइन क्यारे, भैहाल्यो । कुरो के पर्‍यो भने, माथि नै भनिहाले, यो चौतारीया नाम नि मउसब नै राखेछ, नमेले ।आफु जानु पर्ने २६ लमबरको चौतारीआँ, पैला झुक्केर पुरानै २५ मा पुगे । कथा टाँसे'सी पो था'भो अभिलेखालयमा पठाउनुपर्ने चौतारीलाइ त मुइले माथि पो तान्देछु, फेरी अरु गाम्ले'रु नि तेतै छिर्ने पो हुन कि ? तेइ कथालाइ याँ नयाँ चौतारीआँ नि टपक्क टिपेर माथि राख्दया छु, केइ बर्ष पैला लेख्या कथा हो तर आज मौका (यस्लाइ अबसर नभन्नु पर्ला र यदि यो अबसर हो भुने 'नि यस्तो अबसर अब कैले नआवोस्, यस्तो कथा कैलेइ लेख्नु नपरोस्)मिलेको हुनाले यहाँ राखेको छु, यो कथा मेरो कल्पनामा आधारित छ, यसमा उल्लेखित पात्रहरु सप्पै काल्पनिक हुन । अब तेस्रो कुरा, अस्तिको मउसबमा पुरस्कार पनि बितरन भयो, हामीहरु लग्भाग सप्पैले पुरस्कार नि पायौ, जिम्मालबाले त पुरस्कार ससम्मान चौतारीलाइ नै फिर्ता गरिदिनु भे'छ! मलाई के लाग्छ भने चौतारी त हाम्रो घर हो, परिवार हो, हामीले चौतारीको मउसबमा भाग लिदैंमा पुरस्कार बितरण गरिहाल्नु पर्छ जस्तो लाग्दैन, यसो गर्दा त हामीहरुले आफ्नो घरको जिम्मेबारी निभाए बापत बाबा आमासँअ पुरस्कार मागे जस्तै हुन्छ कि जस्तो लाग्छ । चौतारीमा सहभागीता जनाउनु त हाम्रो कर्तब्य हो र यसबापत हामीले कुनै पुरस्कारको अपेक्ष्या गर्नु हामीले चौतारीलाइ वीरानो ठाने जस्तै हुन्छ हैन र ? र यदि पुरस्कार कै कुरा गर्ने हो भने चौतारीमा सहभागीता नै सबैभन्दा ठुलो पुरस्कार हो जस्तो लाग्छ मलाई त ! अस्ती नै चौतारीमा मैले आफ्नो कुरा राख्ने क्रम मा नि भुन्या थे, म साझामा धेरै पहिलेदेखि आउने भे' नि मैले धेरै समय सम्म यसको कुनै पनि धागोमा सहभागीता जनाइन तर चौतारीमा आउनुबाट रोक्न सकिन मैले आफुलाइ । आज मान्छे झन झन स्वार्थी भइराखेको बेलामा यो चौतारीमा आउछौं हामीरु, मौका मिल्ने बित्तिकै, आफ्न सुख दु ख, मनका भावनाहरु एक आपसमा बाँड्न । आज जताततै मान्छे मान्छे र समुदाय समुदाय बिच मन मुटाव बढी राखेको बेला चौतारीले हामीहरु एक अर्काबिच भातृतवबादको सन्देश छरिराखेको छ । साझा मै पनि केही अरु धागाहरुमा हामीहरु नै एक अर्काबिच आरोप प्रत्यारोप गरिराखेका छौ, कुनै एक जाती, समुदाय या धर्मको मात्रै समर्थन गरेर अन्य जाती, धर्म र समुदायको बारेमा 'abusive comments' दिइ राखेका छौं, जुन एकदमै आपत्तिजनक छ, साँच्ची भन्ने हो भने यो हामी नेपालीहरुको ब्यहोरा हैन, हामीहरु त बिश्वमा नै सहयोगी, मिलनसार्, मेहेनती र सहृदयि समुदाय को रुपमा परिचित छौं (अझै पनि) होइन र ? लौ मार्यो, कुरा त काँबाट काँ पुगिसकेछ, अन्यथा न सोचिदिनुहोला, अभिब्यक्ती स्वत्रन्ततको सदुपयोग मात्रै गरेको हुँ । मेरो दुई पैसाको सुझाव्, आगे जो मर्जी ........................ सदा आज्ञाकारी, ग्वाँचे
Read Full Discussion Thread for this article