Posted by: Birkhe_Maila September 9, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
मिती- सितम्बर ०९, २००६ सम्पूर्ण चौतारीबासिहरु साझा चौतारी साझापुर, इन्टरनेट बिषय - बुढेसकालको पुरस्कार चौतारोको हक हितकोलागि सुम्पिएको बारे आदरणिय गाम्लेहरु, उपरोक्त सम्बन्धमा, म सा.जी.(साझा जिल्ला) चौतारेगाउँ वडा नम्बर १ बस्ने बर्ष ७० को जिम्माल भन्ने बिर्खे माईलाले प्रथम चौतारी महोत्सवको उपलक्षमा बुढो भएकोले पाएको पुरस्कार चौतारीको हकहितको लागि चौतारीलाई नै टक्र्र्याउने निर्णय गरेको छु। पुरस्कारमा मैले प्राप्त गरेको जुनसुकै, नगद, जिन्सि, तक्मा, दोसल्ला, फूल, माला तथा सम्मान यसै निबेदन मार्फत चौतारीको सम्पत्ती भएको घोषणा गर्दछु। यसबाट अरु पुरस्कार पाउने महानुभावहरुले पनि चौतारीलाई कुनै न कुनै रुपमा सहयोग गर्नुहुनेछ भन्ने आशा गर्दछु। यो चौतारी फलोस फुलोस र सधैँ यसैगरि दुख-सुख, आँशु-हाँसो बाँडचुड गर्ने थलो बनोस भन्ने कामना गर्दछु। अन्त्यमा चौतारी महोत्सव भव्यताका साथ मनाउन सहयोग गर्नुभएकोमा सबै चौतारीबसिलाई हार्दिक धन्यवाद् दिन चाहन्छु। धन्यवाद् सहि----------------- बिर्खे माईला :)
Read Full Discussion Thread for this article