Posted by: CaMoFLaGeD September 9, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
"प्यारा भाई बहिनी, दाजु, दिदी, काका, बुढापाकाहरुलाई यो पुरस्कार वितरण समारोहमा हार्दिक स्वागत छ" मिसले माइकमा सबैलाई स्वागत गरिरहनु भएको थियो। चौतारीमा सबैजना हर्सोल्लासका साथ पुरस्कार बितरण समारोहमा बसिरहेका थिए। पुरस्कार पाउने भनेर नाम घोषणा भैसकेकाहरु सार्है खुशी देखिन्थे। टेबल भरी राम्रा राम्रा पुरस्कारहरु राखिएका थिए। सार्‍है राम्रा थिए ति पुरस्कारहरु। तर के गर्नु एउटा पनि पुरस्कार नपाउने भएपछि त्यो जत्ति राम्रो भए पनि हामीलाई के? सबैजना कुर्सीमा बसेका थियौँ। पुरस्कार पाउनेहरु अघिल्ला कुर्सीहरुमा अनि हामी पुरस्कार नपाउनेहरु चाँहि पछिल्ला कुर्सीमा बसेका थियौँ। मेरो छेउमा दिक्क मान्दै भउते बसिरहेको थियो। "ए भउते! के भो त्यस्तो? किन उदास भएर बसेको नि?" मैले भउतेको मलिन अनुहार देखेर उस्लाई सोधेँ। "के गर्ने कुम्ले, आफ्नो त कर्मै उस्तो। कथा लेख्न, कविता लेख्न, ताल परे नाँच्न सबैमा म जस्तो मान्छे पाउन १० वटा गाम घुम्न पर्छ, तर आज आफ्नै चौतारीको महोत्सवमा सबै पुरस्कार अरुले लाने भए" टाउकोमा लगाएको ढाका टोपी झिकेर एकबार कपाल पुरै कन्याउदै उस्ले मलाई भन्यो। "हो त भन्या, तिमी जस्तो मान्छे यो पछिल्लो कुर्सीमा बस्नु पर्दा चाँहि मलाई नि दु:ख लाग्या छ" भउतेलाई पिर परेको देखेपछि त उस्लाई यत्ति त भन्नै पर्ने थियो मैले। "कहिले काँहि त वाक्क लाग्छ भन्या यो जिन्दगी देखि" भउतेले त्यो हातको ढाका टोपी मुठ्ठीमा कच्याक कुचुक्क पार्यो। "किन नि? के भयो त्यस्तो जिन्दगी देखि नै वाक्क हुने गरी?" मैले कुरो जान्न खोजेँ। "यत्तिका दिनसम्म केहि थिएन। गाममा घुम्थेँ, जुरेलीसङ नि मेला घुम्थेँ, चौतारीमा आएर कविता भन्थे, सबैले राम्रो मान्थे, ठिकै थियो। ठ्याक्क यो चौतारी महोत्सव भाको बेलाँ आफ्ना बा लाई के काम गर्न पर्ने भन्या, एकछिन फुर्सद दिया होइन।" उस्ले फेरि त्यो ढाका टोपीलाई झ्यारझुर पारुँला जस्तो गर्यो। उता मिसले पुरस्कार जित्नेको नाम बोलाँउदै हुनुहुन्थ्यो। आफ्नै फुटो टाँस्ने कम्पिटिसनमा पून्टेदाईलाई उछिनेर चित्रेले पुरस्कार हात पारेछ। पून्टे दाई उ पर फतफताउदै हुनुहुन्थ्यो,"मेरा फोटा नि कम थिएनन् के, त्यो बज्जेले बालखको राखेर सबैलाई फकायो, आफ्नो यो तक्लु फोटोलाई कसैले माया गरेनन्।" त्यत्तिकैमा ग्वाँचेले उहाँलाई गार्हो पर्यो होला भनेर गिलासमा सर्वत दिएर थुम्थुमायो। "हैन! बिहान एकछिन चौतारीमा जान्छु अनि अरुबेला तपाईका काम गरौँला भनेको मानेकै होइन। ठ्याक्कै आतन्ककारी जस्ता छन् भन्या, उनले जे भन्यो त्यहि गर्न पर्ने।" भउतेलाई अझै चित्त बुझेको थिएन। एकछिन म नि चूप बसेँ अनि भउतेपनि चूप भएर बस्यो। मिसले फेरि पुरस्कार जित्नेको नाम बोलाउन थाल्नु भयो। उत्कृस्ट चित्र अनि कविताको प्रश्नपनि धेरै मिलाएको पुरस्कार चाँहि तितौरीलाई दिने भन्ने घोषणा भयो। तितौरी गइन पुरस्कार लिन। जिम्माल बा गामका ठुला बडा भएकाले उनले पुरस्कार दिए। तितौरीले पुरस्कार लिइन, पुरस्कारलाई म्वाई खाइन् अनि माया गरेर सङै राखिन्। भउतेले अनि मलाई सोध्यो, "साँच्चि कविताको प्रश्नमा त तितौरीले तिमीलाई पो उछिनेकी हुन नि, हैन त?" मैले "हो!" भन्ने इशारामात्र गरेँ केहि बोलिन। "ए! त्यसो भएर पो तिम्रो पनि अनुहार सानो भा'रेछ त कुम्ले", उस्ले नि मौका पायो मलाई जिस्काउने। "मलाई त त्यो पुरस्कार देखि डाहा लागेर आयो, सबैले त्यस्लाई 'राम्रो राम्रो' पनि भने, त्यस्ले म्वाईपनि पायो अनि अझ हेर न छेउमै कस्तो टाँस्सिएर बसेको छ। हामी भन्दा कस्तो भाग्यमानी है त्यो पुरस्कार?" मैले खुइया गर्दै भनेँ। भउते मलाई हेरेर मरी मरी हाँस्न थाल्यो। म नि उ सङसङ्गै हासेँ। "ल ल अब सामुहिक फोटो खिचम्" दादाले सबैलाई बोलाउनु भयो। सान्नानी अनि ठुल्नानी एक अर्काको गाजल मिलाउन थाले। अस्तु (हे हे हे! :पि)
Read Full Discussion Thread for this article