Posted by: gwanche September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
सबै जना बिदेशमा बस्ने दाजु-भाइ दिदी बहिनिलाइ थाहा भएकै कुरा हो, बिरानो ठाँउमा देशको असाध्यै सम्झना आउँछ । साँच्चै भन्ने हो भने हाम्रो मुटुभरि देश दुख्छ । नेपालमा बस्दा ईन्टरनेटको सिमित प्रयोग गरिने भए पनि यहाँ त दिन रात कम्प्युटर मै काम गर्नु पर्छ अनि ईन्टरनेटसँग को सम्बन्ध त गाढा हुने नै भयो । नेपाली तथा नेपाल सम्बन्धी वेब-साईट सर्फ गर्ने क्रममा कुनै दिन साझा भित्र छिरेछु, ठ्याक्कै सम्झना छैन, कहिले र कसरी छिरे साझा भित्र तर यो कुरामा कुनै शंका छैन कि मेरो देश खोज्न म साझा भित्र छिरेको हुँ । म केही दिनसम्म, हैन..., केही बर्षसम्म नै भन्नु पर्छ साझाको साइलेन्ट भिजिटर थिए, साझा भित्रका सामाग्रीहरु पढ्थे तर मैले कुनै पनि धागोमा सहभागीता जनाइन । केही महिना पहिला (शायद गौतमजीको धागो हो क्यारे), कविताको देशमा मैले जानी नजानी लेखेको कबिता टाँसे । कहिले काही समय मिल्यो भने जानी नजानी मनका भावना हरु कागजमा मात्रै पोख्ने गरेको मैले एउटा असाध्यै राम्रो प्लेटफोर्म भेट्टाए, चौतारी .............. २०औं भाग देखि मात्रै हो म चौतारीमा आएको, मुग्लान जाँदे थे, यस्सो सुस्ताउछु भनेर एक छिन चौतारीमा बसेको त जिम्मालबाले एइ गाँउमा बस् भन्ने आग्रह गर्नु भयो । त्यस्पछि त म नियमित रुपमा चौतारीमा आउन थाली हाले । गाइ जात्रामा जिम्मालबासँग भौतपुर नि गए, पुन्टेदाइको लप लेटर जुरेलिकाँ पनि पुर्‍याए, भौते र राक्षस जेठान्को गोदाइ नि खाए, पुन्टे दाइलाइ मास्टरी खडयन्त्रबाट पनि बचाएँ, ठुल्नानी, सान्नानी, तितौरीहरुसँअ काफल टिप्न नि गएँ, पल्लो गाम्का केटाहरुले हाम्रा चेलीबेटीहरुलाइ जिस्क्याँउदा ग्याङ फाइट नि गरे, गालब्, चित्रे, मिस्टे, दादा, भौते, गोताएँ, नमे, कुम्ले, भट्टे, यामे, दीप ज्यो र अन्य गाम्ले दाजु-भाइहरुसँअ सँगै हाँसे, खेले, रमाइलो गरे । तपाईंहरुले नि मलाई आफ्नो गाम्मा स्विकार अरेर आफ्नै दाजु भाइ जस्तै माया दिनुभयो, केही नयाँ कुरा पस्किने हौसला दिनुभयो । असाध्यै अनुग्रहित छु । आज चौतारीको २५ औँ भागमा मउसब मनाउँदैछौ हामी तर यो अन्त पक्कै होइन चौतारीको, यो त शुरुवात हो, अझै हामीहरुले हजारौं हजार भागसम्म सँगै रहनु छ, सँगै हाँस्नु छ, संगै खेल्नु छ, सुख, दु ख बाँड्नु छ । आज शुक्रबार, यो सप्ताहन्तमा अर्को गाम तिर जानु पर्ने कार्यक्रम छ, बुधवार म नेपाल जाँदैछु त्यसैले केही दिनसम्म म चौतारीमा नियमित हुनसक्दिन होला तर अबश्य पनि मौका मिल्ना साथ म तपाईंहरुसँग भेटघाट गर्न झल्याक्-झुलुक्क आइ नै रहने छु । चौतारी महोत्सवको सबैलाइ शुभकामना । हुन त दसैं आउन अझै ट्याम छ तैपनि, बिजया दसैंको अगृम शुभ-कामना, सबै को जय होस्!!! ( आज केही छिन सम्म चांइ बस्छु है म हाम्रो चौतारीमा!!!!)
Read Full Discussion Thread for this article