Posted by: Gautam B. September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
चौतारीमा कथाका वर्षा हुन थाले गाँठे! राम्रो छ ग्वाँचे! तर यो छूच्चो मुखलाई प्वाक्क बोल्नुपर्नी, कथाको समापन अझ राम्ररी नभएको हो कि जस्तो लाग्छ। वास्तवमा भन्दा अझै अलिकति लम्ब्याएर मात्रै सक्नुपर्नी। सान्नानी, गीत गाउन जानिएन, गितार बजाउन पनि जानिएन, नाच्न खोज्दा आँगन टेढा भईदिने; बच्चामा "'हम जायगा' को डायरी" पढेको हुँदा जोकमा रस बस्यो र अलि अलि जोक जान्ने भईयो। नत्र यो गोतामेले कसरी गरी खान्थ्यो होला? (गफै त हो!) तर एउटा कुरा के भने नि जोक लेख्न भन्दा पनि सुन्न र सुनाउन रमाईलो हुन्छ। खैर अहिलेलाई चौतारीमा लेखेरै बसौँ, अरु उपाय छैन। पढेर हाँसो उठ्यो भने बेस्सरी हाँस्नु, हाँसो नउठे आफ्ना पेटाँ आफैंले काउकुती लगाएर भए पनि हाँस्नु।
Read Full Discussion Thread for this article