Posted by: gwanche September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
'बधाई छ सुबीर, तिमीले अब ट्रीट दिनुपर्छ, इट वाज रिअल्ली आउटस्ट्यान्डिङ्' 'स्योर, ट्रीट त दिन्छु तर तिमीलाइ मात्रै है, अन्ली यु एन्ड मि' सारा मेरी क्लासमेट हुन, हामी त्यती धेरै क्लोज छैनौं, खाली हेल्लो-हाइ फ्रेन्ड मात्रै । आज साराले दिएको बधाई अनि ट्रीट दिनुपर्ने आग्रहको प्रतिकृयास्वरूप अनायास यस्तो उत्तर निस्कियो मेरो मुखबाट । यो उत्तर कुनै पनि हालतमा प्री-प्लान्ड थिएन। आज मैले विश्व-विद्यालयस्तरिय बकृतवकला प्रतियोगतिमा पहिलो पुरस्कार पाएको थिए, विश्व-विद्यालयकै सभा- गृहमा भएको थियो प्रतियोगीता र हाम्रो कलेजका धेरै साथीहरु आएका थिए, मेरो क्लासका त सबै जना थिए । §§§§§§§§ 'सुबीर तिमीले ट्रीट दिने भनेको होइन हिजो' ' या.....या....।या.... हो त, कहिले फ्री छौ तिमी, आज कलेज पछि छ बजे निरुलाज ?' 'स्योर्, मलाई तिमी कालिमाटी चोकबाट पिक गर है त, पौने छ बजे' ' अस्ती तिम्रो पर्फर्मेन्स धेरै राम्रो थियो, सुबीर, तिमीले सबै प्रतियोगीहरुलाइ ओझेलमा परिदियौ, यु सिम्पली रक्ड्' 'थ्यांक्स् सारा, बाइ द वे, तिमी के लिन्छौ, मलाई त यहाँको चिकेन मम असाध्यै मन पर्छ' ' ओके, म पनि चिकेन मम अनि हट एन्ड सावर सुप लिन्छु ।' सारासँग अप्रत्यासितरुपमा पहिलो पल्ट रेस्टुराँमा गएको थिए म एक्लइ, मैले सारालाइ दिएको ट्रीट । हुन त हामी क्लास ग्यादरिङमा धेरै चोटि रेस्टुराँ गएका छौ, महिनामा कम्तिमा पनि दुई चोटि त हामीहरु जमघट गर्छौ नै तर आज सारासँग एक्लइ केही समय बिताउँदा थाहा भयो, उनिबारे मेरो धारणा गलत थियो । मलाई लाग्थ्यो उनि घमन्डी छिन बोल्दा पनि पैसा पर्ला जस्तो गर्छिन आदी.........आदी........... मान्छेलाइ बाहिरी रुपबाट मात्रै जज गर्नुहुँदैन रहेछ । केही छिनको साथबाट नै थाहा पाएँ, मैले घमन्डी र छुच्ची ठानेको केटी यती धेरै फ्रेन्डली रहेछ भनेर । शायद म नै 'ठीस' छु, कसैसँग मित्रतको पहल गर्नै सक्दिन म या शायद गर्नै चाहन्न । अहिलेसम्म जती पनि मेरा साथीहरु छन कसैसँग पनि मैले मित्रता गरेको होइन, सबैले मसँग मित्रता गरेका हुन । तर यो कुरा चाँही सही हो कि एकचोटि मसँग मित्रता गर्ने मान्छेले कहिल्यै पनि पछुताउनु पर्दैन । मित्रता मेरो लागि त्यस्तो बन्धन हो जस्को कुनै सीमा छैन र यदि कुनै सीमा छ भने पनि मेरो मित्रता को सीमा ब्रम्हाण्ड जत्तिकै अनन्त छ । §§§§§§§§ 'हेलो सुबीर्, धेरै दिन भयो हामीहरुको भेटघाट नभएको , कस्तो चल्दैछ एक्जामको तयारी ?' एक्जाम प्रीपरेसन होलिडेको बेला साराले फोन गरिन । 'हेर न सारा बेहाल छ, मैले अर्को सोमबारसम्म मेरो जूलोजीको प्र्याक्टिकल फाइल सब्मिट गरिसक्नु पर्छ तर मेरो ड्रइङ एकदमै नराम्रो छ, असाध्यै गार्हो भइरहेको छ । केही फिगर त मेरो बहिनीले बनाइदिइन तर बिचरा उसको पनि केही दिनमै एसेल्‌सीको जाँच छ ।' मैले मेरो समस्या बताए । 'हे, यती सानो कुरामा चिन्ता लिएर बसिराखेको, तिमी मलाई तिम्रो प्र्याक्टिकल बुकमा कुन कुन फिगर बनाउने भनेर टिक गरेर देउ, म तिम्रोलागि फिगरहरु बनाइदिन्छु ।' साराले भनिन । मलाई थाहा छैन यो उनले साँच्चिकै भनेकी थिइन या औपचारिकता मात्रै थियो तर मैले यो मौका गुमाउन चाँहीन्, फेरी सारा अब त मेरी राम्रो साथी भइसकेकी थिइन । ' वाउsssssss !!! सारा तिमीले बनाइदिन्छौ मेरो लागि फिगरहरु ? तर तिमीलाइ पनि त एक्जामको तयारी गर्नुपर्छ नि, फेरी तिम्रो सब्जेक्ट त जूलोजी पनि होइन, बोटनी हो ।' 'एकैछिनको काम त हो नि सुबीर, बरु हामीहरु एक्जामको लागि कम्बबाइन्ड स्टडी गरौंला नि, हुन्न ?' साराले भनिन्, 'बरु भोली तिमी मलाई तिम्रो प्र्याक्टिकल बुक ल्याइदेउ है ।' 'हुन्छ सारा, थ्यांक्स्, बरु हामी कहाँ भेट्ने नि भोली ?' 'जहाँ भेटे पनि हुन्छ, एकैछिन को कुरा त हो नि ।' 'ओ के, देन्, तिमी भोली दस बजे कालिमाटी चोकमा आइराख है, म तिमीलाइ त्यही भेट्छु, अनि, विल यु कम विथ मे टु नगरकोट ?' शायद अप्रत्यसित अनि असान्दर्भिक थियो मेरो आग्रह, उनि केही छिन मौन रहिन। 'नगरकोट त टाढा छ हैन ?' 'हे.... त्यस्तो टाढा केइ छैन, म त्यहाँ धेरै चोटि गइ सकेकोछु, तिमीलाइ चार बजेसम्म घर पुर्‍याउने जिम्मा मेरो' 'ओ के, देन्, टुमरो एट टेन; एन्ड या डन्ट फर्गेट टु ब्रीङ योर प्र्याक्टिकल बुक है!' 'स्योर्!' त्यो एउटा बेग्लइ अनुभव थियो, सारासँग नगरकोटको यात्रा । मेरो बाइकको पछाडि उनि अलि असहज रुपमा बसेकी थिइन । म चाहन्थे उनि मलाई 'टाइट्ली होल्ड' गरुन तर साराको लागि त्यो कुरा त्यती सम्भव थिएन किनकी हामी राम्रो साथीहरु मात्रै थियौ, केवल गुड फ्रेन्डस् । आधा बाटो जती माथिदेखि सडक मर्मतको काम भइरहेको थियो, सबै सवारी साधनहरु केही समयको लागि त्यही रोकिरखेका रहेछन । म बाइक अगाडि लगेर बाटो कतिबेला खुल्छ भनेर त्यहाँको इन्चार्ज दाइलाइ सोध्न गए । थाहा छैन किन, त्यो दाइले हामीलाइ अगाडि जान दियो । वाsssssउ, सारा र ममात्रै पुरै बाटो भरि एक्लइ, व्हाट यान एक्स्पेरिएन्स !!! हामीले धेरै समय बितायौं नगरकोटमा, त्यही मैले सारालाइ मेरो प्र्याक्टिकल बुक पनि दिए, मलाई चाहिने जती फिगरहरु टिक गरेर । ठीक चार बजे मैले उनलाइ कालिमाटी चोकमा पुर्‍याइदिए । §§§§§§§§ 'सुबीर, तिमीले घरमा कुरा गर्यौ? मलाई त घरमा कसरी कुरा गर्ने हो भन्ने थाहै छैन । हामी अलग अलग फेमिली ब्याकग्राउण्डबाट आएका, फेरी हाम्रो कास्ट पनि त मिल्दैन्!' हाम्रो अन्तिम परिक्षा सिद्धिसकेपछि साराले भनिन एक दिन; 'अब त छिट्टै डिसिजन लिइ हाल्नुपर्छ, थाहा छ, मामुले त मलाई इनडाइरेक्ट्ली भनिसक्नुभएको छ ।' 'सारा, त्यस्तो केही पनि चिन्ता लिनुपर्दैन्, जात भात, धर्म र फेमिली ब्याक ग्राउण्ड जस्ता कुरा त मिथ्या मात्रै हुन्, अहिले हामीले २१औं सताब्दीमा पनि यस्ता कुराहरुमा ध्यान दिने हो र ?' मैले सारालाइ ढाडस दिँदै भने, 'हो हाम्रो अभिभावकहरु पुरानो सोचाईको हुनुहुन्छ होला, यो कुरा स्वभाविक पनि हो तर आफ्ना अभिभावखरुलाइ नयाँ पिँढिका तौर-तरिकाहरुसँग परिचित गराउनु त हाम्रो कर्तब्य होइन र ? फेरी हाम्रा अभिभावकहरु शिक्षित त हुनुहुन्छ नै, त्यही भएर हामीले गरेको निर्णयमा सहमत गराउन सकिहलिन्छ नि ! तिमी त्यत्तीकै बढी चिन्ता लिइ राखेकी छेउ ।' 'तैपनि सुबीर, मलाई कता कता डर लागिराखेको छ, यदि हामीले चाहेको जस्तो भएन भ ...........' 'हे...... लाटी, किन हुँदैन हामीले चाहेको जस्तो ? आफ्नो बाबा-मामुलाइ पनि कन्भिन्स गराउन सकिँदैन र, सकिहालिन्छ नि!' §§§§§§§§ 'बाबा, दियर इज कल फ र यु, हजुर बाबाले नेपालबाट गर्नुभएको', मेरो छोरा आर्यनले बोलाउँदा पो झसँग भए, खै कुन बेला अतितमा पुगेछु, म त । 'हेलो बाबा, ढोग गरे ! .......... हजुर सबै ठिकै छ, सारा पनि सँचै छिन्, अहिले अफिस गएकी छिन ........... मामुलाइ कस्तो छ अहिले?.......... पहिले हजुरर्सँग कुरा गरौँ त्यस्पछि मामुसँग कुरा गरौला.............. मेरो आज अलिकति ढिलो जानुपर्ने छ अफिस, एउटा सानो काम छ बैंकको ................. हजुर आर्यन पनि ठुलो भैसक्यो, नेपाली पनि राम्ररी नै बोल्छ, अहिले उसलाइ स्कुल छोडेर म पनि बैंक जान लागेको, ..............हजुर...............!!!! मामु ................ .................. ...........' §§§§§§§§
Read Full Discussion Thread for this article