Posted by: world_map September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
नमे, मिलायौ ल, पुरस्कार पछि दिम्ला, अरू प्रश्न नि सोध्न बाँकि छ त। तर त्यो नउसाको फोटो कति ठूलो टाँस्या होला, चौतारी नै भित्तातिर सर्यो, पढ्न नि यता उता टाउको घुमाउनु पर्ने। कुम्ले, दिप जी, ग्वाँचे, पून्टेदाई, तितौरी अनि अरू सबैको कथा कविता पढें, साह्रै मज्जा भो। तितौरी, अब भोलि सजिलो प्रश्न सोध्छु, चिन्ता नगर। जिम्माल बा, लौ रातो भाले खाम् न त, कि भोलि खाम्ला, आफ्नो त सुत्ने बेला नि भैसको, फेरी अलि सन्चो नि छैन। आज यौटा कथा लेख्छु भन्या, भ्याइएन। ल, चौतारी आधा त भरिसक्यो, भोलिसम्ममा त पूरै तीन सय पुर्याउनुपर्छ है गाम्ले हो! अनि दादा चैं कता गायब हो, चौतारी महोत्सवको आईडियाको जन्मदाता!
Read Full Discussion Thread for this article