Posted by: Birkhe_Maila September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लु सपै कराम्दै रेछन। कता हराम्नु तितौरी यतै छु, चाइन्जो तिम्रो आउने ट्याम र मेरो आउने ट्यामको र्र्याङठ्याङ नमिलेओ मात्तै हो। दिम्सोभरि कइले चौतारिआँ च्याम्नै पाइन्न अनि आधाराताँ एसो क्यार्दैछन गाम्लेअरु भनेर आओ सपै सुतिसक्ने रेछन। अस्तिन एउ रात त चौतारिमा म बुडो मात्तै सुनसान राताँ भुत सँअ बात मारेको अस्तो भओ। पराटि गोताएँले खोकेर मात्तै सास आओ नत्र यो बुडेसकालाँ ३ बर्खको बच्चो अस्तो डरले सुरुवालको झन्डै गति खुस्केओ! अब मउसब मनाम्नु परो भनेर आजभोलि चाइँ भाग्गेले नि अलि ट्याम मिलाइदो। बरु बेलुइखेर क्यार्ने हो कुन्नि। नमेले सिरानघरे थपिनिकाँ ग'र ४ गोटा झक्किको रातो भाले ल्याम्छु भन्तो, खै आइपुगेन त? न बाटाँ मेला जाने उरन्ठेउलि देखेर भाले किन्ने पैसोले चुरा धागो किन्न लाओ कि? यि ठिटाअरुको केइ भर हुन्न। पुन्टे दाई, भउते, गोताएँ को पाटि लाउन कुरेर बसेको छु क्यारे। लु चित्रे, कुम्ले तिमेरुनि आओ बरु ठुल्नानि, तितौरीले भेउ पाउलान् लुसुक्क आओ। यो ठिटा बेलाँ ढुङ्गा खाएनि पच्छ गाँठे। लाले कता अन्मरियो? एस्तो बेलाँ लाले, सिरे र काकाको खुप सउँजना लाउछ मुलाई। कता बिरउतेर बसिरा होलान??
Read Full Discussion Thread for this article