Posted by: Birkhe_Maila September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हर्के काइँलो गाम फर्केछ! क्यार्दै छौ हर्के? ज्यान मजाओ बनाएछौ। पल्टनको भात लागेछ तिम्रा ज्यानाँ। कति बस्छौ? कि फर्केर आयौ अब नजाने गरेर? हन अस्ति किस्ने साउको पसलाँ गाइँगुइँ सुन्दै थेँ " हर्केले त शहराँ स्वास्नि राखेओ छ, कसैलाई था' न दि" भनेर। के हो गाँठि कुरो? पुन्टे दाईको भतिजा हौ क्यारे पुन्टे दाईलाई नै भनेओ होला नि साँचो कुरो त। हुन त ब्या अर्ने बेला नि भओ तिम्रो, हाम्रो गोठको कैले गोरु भन्दा दुई बर्खले तिमि जेठो। लु शहराट ल्याको सामल तुमल खोल हामि नि हेरुम के के छ?
Read Full Discussion Thread for this article