Posted by: CaMoFLaGeD September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
पून्टे दाई एउटा भट्टीमा जानुभएछ। अनि त्यहाँकी साहुनी सङ दुई गिलास रउसी माँग्नु भएछ। त्यो साहुनीले दुई गिलास रउसी ल्याएपछि सोधिछे, "हैन पून्टे दाई, तपाईँ जहिले पनि यहाँ आउनु हुन्छ अनि दुई गिलास रउसी माँग्नु हुन्छ, अनि दुबै गिलास एक्लै पिएर जानु हुन्छ, मैले केहि बुझिन" पून्टे दाईले भावुक भएर भन्नुभएछ, "साहुनी नानी सुन, मेरो एकजना साथी थियो, हामी सधैँ सङै रउसी पिउथेम्, तर एक बर्ष पहिले त्यो परलोक गयो, अनि मैले सधैँ उसलाई एक गिलास चडाउँछु अनि अर्को गिलास आफ्नो लागी पिउँछु" साउनीलाई चित्त बुझेछ। भोली पल्ट देखि पून्टे दाईलाई देख्ने बित्तिकै उस्ले दुई गिलास रउसी ल्याउन थाली। अनि यसरी धेरै दिन बित्यो। केहि समय पून्टे दाई पनि ब्यस्त हुनु भएछ आफ्नो काममा अनि फेरि एक महिना पछि त्यही भट्टीमा पुग्नु भएछ। साहुनीले पून्टे दाईलाई देख्ने बित्तिकै दुई गिलास रउसी ल्याइछे। पून्टे दाईले उस्लाई भन्नु भएछ, "साउनी आज एक गिलास मात्र" साहुनीले छक्क पर्दै सोधी, "किन नि? अब साथीलाई चडाउन छोड्नु भएको?" पून्टे दाईले भावुक हुदै उत्तर दिनुभएछ "हैन, यो एक गिलास तेहि साथीलाई हो। मैले रउसी पिउन छोडेको तीन हफ्ता भयो" ******************************************************************** पून्टे दाई माफ गर्नुहोला है! :D
Read Full Discussion Thread for this article