Posted by: Gautam B. September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
जदौ है सबैलाई! कुम्ले र ग्वाँचेका कथा रमाईला र'छन्। यीनैले जोगाएका छन् महोत्सबको रौनकलाई। कति लामो लेख्न सकेका नी केटाहुर्ले! बिहान जिम्माल बूढा आ'र बाजा-साजा नी छैनन्, आइमाइ मुन्छे नाचेका नी छैनन्, यस्तो पनि के को मउसब हुन्छ भनेर गनगन गर्दै थे। मैले, "ह्या बूढा--! कति गनगन गर्चौ, अहिले त गाम्लेहरुले जीउ तताऊँदै (warm up) मात्रै गरेका हुन्, पर्सि उइकेण्डमा उधूम रमाईलो हुन्छ।" भनें। "ल तेसो भा' तो दिनको शिब बूटीको जिम्मा मेरा भई!" भनेर हिनेका थे जिम्माल। नमे तो इलेक्ट्रिकल इञ्जिनीयरलाई विद्युत अभियन्ता भन्ने हो नेपालीमा? अरु रमाईलो शब्द छ कि? यता आँखा बटारिने ट्याम भइसको। सबैलाई बाइ-बाइ। जाँदा जाँदै, ‍एउटा जोक; गोताएँ र गोताईनीको झगडा परेको रहेछ। गोताएँ: मलाई धेरै रिस नउठा है, मेरो दिमाग बलिरा'छ ब्यानै बाट! गोताईनी: ए--! त्यै भ'र पो ब्यान बाटै गुईँठा बल्या गन्ध आईरा' रछ!
Read Full Discussion Thread for this article