Posted by: CaMoFLaGeD September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
"जम्मा ३१% रे, हत्तेरी त्यो त अत्ति कम भयो यार! एस् एल् सी मा पनि पास हुन ३२% ल्याउनुपर्छ नि हैन? ओ हो! त्यसो भए म फेल?......... भएन यार फेरि चेक गर त" मलाई भउतेले प्रिन्ट गरेर दिएको रिजल्ट चित्तै बुझेको थिएन। "अब कत्ति चोटी हेर्नु नि? जत्ति चोटी गरेपनि त्यहि हो। सबै Input मिलेकै छ क्यारे! कम्प्युटरले पनि गल्ती गर्छ त? अब तिम्रो भाग्यमै त्यहि ३१% छ त मैले के गर्नु?" भउतेले मलाई थर्काउदै सम्झाउन खोज्यो। "भएन यार भएन! मलाई यो रिजल्ट चित्त बुझेन" म भुइँबाट जुरुक्क उठेँ अनि त्यो रिजल्ट छापिएको कागजलाई कच्याक कुचुक पारेर छेउ को डस्टबिनमा बास्केटबल हाने झै फ्यालेँ। त्यो पोको परेको कागज डस्टबिनमा छिर्यो। "Nice Score!" भउतेले थप्यो। "हो नि राम्रो शट थियो, यस्को दुइ अंकपनि थपिएको भए मेरो ३३% त हुनेथियो" म सोफामा अढेस लाग्दै भुइँमा फेरि बसेँ "हेर कुम्ले! ३१% भनेको पनि नराम्रो होइन, ग्रेस पाउने बित्तिकै पास" भउतेले मलाई आश्वासन दियो। "ल ल ठिक छ, अब तिम्रो हेरम्" मलाई उस्को प्रतिशत हेर्न मन लाग्यो। "हैन नहेरम्, मेरो त राम्रो आइहाल्छ नि" उस्ले हेर्न मानेन। "हेरम् न हेरम्, तिम्रो राम्रो आउँछ भन्ने त थाहा छ तर कत्ति धेरै आउछ हेर्न मनलाग्यो के!" मैले कर गरेँ भउते कम्प्युटरमा Input हाल्न थाल्यो। अनि के के चलाउन थाल्यो। एक्कासी भउते त कालो भएर "खुइय!" पो गर्न थाल्यो। "ए भौते के भयो?" "के हुनु नि? यो कम्प्युटरले मेरो बारेमा त्यत्ति जानेन" "किन नि? कत्ति देखायो?" "जम्मा ३५% देखायो यार" टाउकोमा हात राख्दै उस्ले भन्यो। "३५% भनेको त राम्रो हो नि, मेरो ३१% भन्दा कत्ति राम्रो कत्ति" "त्यो त अर्कालाई भन्न पो राम्रो नि, आफ्नो लागि त ९०% चाहिन्छ" भउते यता उता छटपट्टिन थाल्यो। अनि म तिर हेरेर भन्यो "उ त्यो देउ त!" "के?" "त्यो के रिमोट, टि भि हेर्न पर्यो" मैले रिमोट उ भए तिर धकेलिदिएँ अनि उस्ले रिमोट अन गरेर टि भि हेर्न सुरु गर्यो। टि भि मा लोकल च्यानल बाट समाचार आइरहेको थियो। "हत्तेरी! के समाचार हेर्ने होला, यस्तो टेन्सनमा पनि बरु MTV कत्तिमा हो २० मा होइन?" "एकछिन एकछिन! weather news आउन लाग्यो, आज पानी पर्ने चान्स कत्ति रहेछ हेरुम् न" मैले उस्लाई च्यानल चेन्ज गर्न दिइन। "There is 30% chance of Precipitation" समाचार बाचिका महिलाले भनिन्। त्यो सुन्ने बित्तिकै खोइ के आयो उस्को मनमा उ हत्तपत्त उठेर झ्याल तिर गयो। Blind खोलेर बाहिर हेर्न थाल्यो। "अलि अलि बादल त लागेको छ यार तर के पानी पर्ला र ३०% चान्समा" मैले उस्लाई भने। "हैन यार आज पानी पर्नै पर्छ, म अब इन्द्र भगवानको पुकार गर्छु, एकछिन मलाई डिस्टर्ब नगर है। आज फेरि इन्द्र जात्राको दिन भगवानलाई खुशी पार्न सकिन्छ" उ पलेटी कसेर तपस्या गर्ने सुरसार गर्न थाल्यो। "ह्या यो भउते को ताल हेर्दा नि झनक्क हुन्छ मलाई.......... फ्रिजमा बियर छ?" मैले भाउन्न हुँदै सोधेँ! "छ छ" भन्ने इशारामात्र आयो उस्ले आँखा खोलेन। "खोइ यार च्यानल २० हैन MTV को?" मैले च्यानल् चेन्ज गरेँ। टि भि मा Shakira ले My Hips Don't Lie मा नाँच्दै रहिछ। भउते जुरुक्क उठ्यो अनि टि भि लाई झ्याल तिर घुमायो। "ओइ के गर्या?" मैले अचम्म मान्दै उस्लाई सोधेँ "इन्द्र भगवानलाई अप्सराको नृत्य देखाएको, अप्सरा देखायो भने उनि खुशी हुन्छन् नि" अनेक तरिका आउने हाम्रो भउतेलाई। उ फेरि पलेटी कसेर प्रभुको आरधना गर्न थाल्यो म चाँहि बियर झिकेर Bottle Opener खोज्न थालेँ। "दाँतले खोल्नु पर्छ, Opener छैन" उस्ले आँखै नखोली त्यहाँको परिस्थिति सब बुझिसकेछ। "ल यार दाँतले त हुन्न यार, बरु त्यो Fork युज गर्न पर्ला" म बियर खोल्न थालेँ "छिस्स!" मेरो बियरको बिर्को खुल्यो। त्यत्तिकै मा आकाशमा पनि बादल "गड्याङ गुडुङ" गर्न थाल्यो। "Bingo!!!" भउते उफ्रेको देखेर म झस्किएँ "यार पानी पर्यो! हुर्रे! पानी पर्यो!" भउते खुशी भाको बेला औदी राम्रो गरी नाँच्छ। "लौ! पानी पर्यो त के भयो?" मैले कुरो बुझिन। "कुम्ले! तिमी म सङ्ग हिँड अब!" उस्ले मलाई तानेर बाहिर लग्यो। "हैन कहाँ जाने नि यो पानी परेको बेलामा?" "हिँड न!" म उस्को पछि लाग्दै त्यो पानीमा रुज्दै पल्लो अपार्टमेन्ट तिर लागेँ "टक टक टक!" उस्ले ढोका ढकढकायो ढोका खुल्यो। "अरे भउते तुम? इस टाइम यहाँ क्या कर रहे हो? वोह् भी ए बरसात मेँ" ओहो! कत्ति राम्री त्यो Indian केटी त! "करिश्मा! देखो बारिस हो रहा है!" भउतेलाई नि आउने हिन्दी त फरर। "हाँ वोह तो मैँ भि देख रहि हुँ" "तुम्हे मालुम है? आज सिर्फ ३०% चान्स था और् फिर भी बारिस हुआ" भउतेले उस्लाई किन यो सब भन्नु पर्ने हो मैले बुझ्न सकिरहेको थिइन। "हाँ हाँ! वोह् तो ठिक है, पर तुम ए सब मुझे क्यो बता रहे हो?" उस्ले नि कुरो बुझिन छे। " देखो ३०% मे भि बारिस हो सक्ता है। ३०% चान्स मे सब कुच हो सक्ता है। ३०% चान्स होना बहुत अच्छा है" भउतेले उस्लाई राम्ररी सम्झाउन थाल्यो। "okay okay ३०% चान्स बहुत अच्छा है, अब आगे बढो!" उस्ले सुन्ने इच्छा गरी। अनि भउतेले गोजी बाट त्यो अघि को रिजल्ट निकालेर उस्लाई देखाउदै भन्यो, "आज Love Calculator मे हम दोनो का चान्स ३५% दिखाया" उस्ले भउतेलाई हेर्दै मुसुक्क हाँसी। भित्र कोठामा दिल तो पागल है को "अरे रे अरे ए क्या हुआ......." भन्ने गाना बजिरहेको थियो। समाप्त :पि ****************************************************************** बिशेष धन्यवाद भउतेलाई। तिमीलाई राखेर लेख्नु को मजै अर्को हुने रहेछ।
Read Full Discussion Thread for this article