Posted by: Tusaro September 6, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
I am back with some answers. Hopefully people didnot run out of words. I am actually having difficulty to find something common to all. तोस्रो: काँक्रो वा घिरौला आदि टिप्न बनाएको बाँसको लामो घोचो। प्राय तुप्पोम सानो groove हुन्छ। त्यो groove मा काँक्रो वा घिरौला को भेट्नु छिराएर बटार्नु पर्छ। बकेर्नु : दिनको एक चोटी मात्र दुहुन मिल्ने गाई, भंसी तप्केनी : पाली वा छानो बाट चुहेको पानी , नुहाए पछि कपाल बाट चुहिने पानी ढोड : सुकेको मकैको बोट धुपौरो : धुप बाल्न प्रयोग हुने भाँडो लैनो : ब्याउने बित्तिकैको माउ, दिनको दुई वा बढि चोटी मात्र दुहुन मिल्ने गाई, भंसी टाँगो : लामो बाँस जसको टुप्पो लाई भाँचेर 1 जस्तो गरी बाँधेको हुन्छ। यसको प्रयोग बाँस नुहाउन - बाँसको घाँस काट्न गरिन्छ। बाँसमा टांगो लाएर टने पछि बाँस भुँईको नजिकै आउछ अनि घांस काट्ने। छ्वाली : गहुँको ठाँठ भेट्नु : फललाई बोटमा जोड्ने भाग लाइ : सिमी प्रजातीमा लाग्ने मसिनोलेउ जस्तो किरा किर्नु : गाइ गोरु को शरिरमा टाँसिएर रगत चुस्ने डल्लो किरा घुन : धान, मकैमा लाग्ने कीरा, घुन र पुत्ला वा पुत्ली सँग-सँगै लाग्छ तर तिनीहरुको के सम्बन्ध छ कुन्नि पुत्ली: धान मकैमा लाग्ने सानो सानो सेतो पुतली जस्तो किरा ----- भउतेजी ले धेरै मिलाउनु भएकोमा बधाई
Read Full Discussion Thread for this article