Posted by: CaMoFLaGeD September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है सबैलाई, हत्तेरी आज चौतारी महोत्सब भन्ने त भुतुक्कै बिर्सेको भन्या। केहि पनि कोसेली तयार छैन मेरो त। गार्‍हो पो पर्यो। ल ल साथीहरु लेख्दै गरुम्, म भने बेलुका यसो एउटा केहि लेखेर आउँछु। ****************************************************************** लौ शुरुको अंश चाहि यहाँ प्रस्तुत गर्छु, बाँकि चाहि बेलुकी पुरै लेखिसकेर टाँस्ने। "जम्मा ३१% रे, हत्तेरी त्यो त अत्ति कम भयो यार! एस्. एल्. सी. मा पनि पास हुन ३२% ल्याउनुपर्छ नि हैन? ओ हो! त्यसो भए म फेल?......... भएन यार फेरि चेक गर त" मलाई भउतेले प्रिन्ट गरेर दिएको रिजल्ट चित्तै बुझेको थिएन। "अब कत्ति चोटी हेर्नु नि? जत्ति चोटी गरेपनि त्यहि हो। सबै Input मिलेकै छ क्यारे! कम्प्युटरले पनि गल्ती गर्छ त? अब तिम्रो भाग्यमै त्यहि ३१% छ त मैले के गर्नु?" भउतेले मलाई थर्काउदै सम्झाउन खोज्यो। "भएन यार भएन! मलाई यो रिजल्ट चित्त बुझेन" म भुइँबाट जुरुक्क उठेँ अनि त्यो रिजल्ट छापिएको कागजलाई कच्याक कुचुक पारेर छेउ को Dustbin मा बास्केट बल हाने झै फ्यालेँ। त्यो पोको परेको कागज डस्टबिनमा छिर्यो। "Nice Score!" भउतेले थप्यो। क्रमश:
Read Full Discussion Thread for this article