Posted by: gwanche September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
गौतमजी, यो कविता त कल्पनामा आधरित मात्रै हो । खास कुरो के भने, सुखान्त भन्दा दुखान्त रसमा कविता लेख्यो भने अलि ओजनदार हुन्छ कि भन्ने जस्तो लागेर यो टुक्रा लेखेको हुँ । मैले केही टुक्रा सुखान्त रसमा पनि लेखेको छु, पछि पोस्ट गर्नेछु । (मलाई थाहा छैन कविताको कुरा गर्दा सुखान्त र दुखान्त रस भनिन्छ कि भनिँदैन्, तर तपाईंले मैले भन्न खोजेको कुरा बुझ्नु भयो भन्ने कुरामा मलाई शंका छैन) । हुन त मैले तपाईं जस्तो साहित्यिक ब्यक्तित्वसँग कथा कविता को कुरा गर्नु, सुर्यको अगाडि प्रकाशको कुरा गर्नु जस्तै हो । तैपनि मैले लेखेको टुक्रा (जसलाइ म मेरो दुस्साहस भन्न रुचाउँछु), मन पराइ प्रतिकृया लेखिदिनुभएकोमा धेरै धेरै धन्यवाद । तपाईंहरुको अमुल्य सुझाव्, प्रतिकृया, आलोचन-समालोचना पाइ रहे अझ केही धेरै लेख्ने दुस्साहस पलाउँथ्यो कि!! साझा चौतारीले हामी जस्ता भुसुनाहरुलाइ पनि हाम्रा भावना अभिब्यक्त गर्ने प्लाट्फर्म प्रदान गरेकोमा धेरै धेरै धन्यवाद । चौतारी २५औं भाग मात्र होइन, २५ हजारौं भाग सम्म जाओस्, आज चौतारी महोत्सवको पूर्व-सन्ध्यामा सबैलाइ शुभ-कामना । (बाइ द वे, म अझै काठमाडौं पुगिसकेको छैन, अर्को हफ्ता उड्दैछु, बुधवार, अझै सात दिन बाँकी छन । आफ्नो घर जान असाध्यै उत्साहित भइरहेको छु ।)
Read Full Discussion Thread for this article