Posted by: KaLaNkIsThAn September 6, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
Aghi lyrics jhyap bhayecha... here it goes, corrected version. eh!!! Ma Kasari Bhanu म कसरी भनूँ यो माया हो न तिमी मेरी न म तिम्रो बरु भनिदेऊ यो सपना हो जो तिम्रो हो अनि मेरो म कसरी भनूँ यति नगिच भएर पनि हामी टाढा नै हुनु पर्छ एकै नदी भएता पनि हामी दुईटा किनार हुनु पर्छ म कसरी भनूँ यो मिलन हो न तिमी मेरी न म तिम्रो बरु भनिदेऊ यो सपना हो जो तिम्रो हो अनि मेरो म कसरी भनूँ तिम्रो मन मैले जितेर पनि आफैसित म हराउनु पर्छ कलिला कोमल प्रीतीको बेल फूल्नु अघिनै मार्नु पर्छ म कसरी भनूँ यो संगम हो न तिमी मेरी न म तिम्रो --Narayan Gopal Nindra nalaageko khushiyaali ma arko euta geet!! Kahile kaahi ma haaschu कहिले काँही म हाँस्छु - धेरै बेर हाँस्छु जो हाँसिरहेछन् केवल उनीहरुको उनीहरु को माझ हाँस्छु न त कहिले कसैले सोधे न त मैले कसैलाई सुनाए आफ्नो जीवनका पिडाहरुलाई कहिलेकाँहि रिसाँउछु आगो भई रिसाँउछु जो अत्याचार गरिरहेछन् केवल उनीहरु -- उनीहरुसित रिसाँउछु सधै अपूरो भै रह्यो सधै अधुरो रहिरह्यो आफ्नो जीवनका लक्ष हरु सारा कहिलेकाँही पिउँछु तर धेरै पिउँछु जो होश हराउन खोज्छन केवल उनीहरु -- उनीहरुसित पिउँछु कहिले काँही कहिले काँही Singer: Narayan Gopal Lyircs: Nir Shah Music: C.K. Rasaili
Read Full Discussion Thread for this article