Posted by: shirish September 5, 2006
Login in to Rate this Post:
0
?
उडिरह्यो पछ्यौरी त्यो छुन सकिएन
हावासरि उत्ताउलो हुन सकिएन
रङ्ग फेर्ने मौसमको देखासिकी गरी
थरी थरी रुप बनाउन सकिएन
जिन्दगीमा धुने कुरा कति धोएं कति
कलेजीको दाग भने धुन सकिएन
बालुबामा बुँदसरि खेर जाने हो कि
यति कुरा सम्झी सम्झी रुन सकिएन