Posted by: street boy September 5, 2006
Think about this
Login in to Rate this Post:     0       ?        
How is this article. We have to do something guys. Maiost are getting Wild. सरकार र माओवादीविच सम्पन्न २५ बुंदे आचार संहीतामा स्पष्ट रुपमा युद्धविराम अवधिभर एक अर्काको सेनालाइ उत्तेजित पार्ने कुनै काम नगर्ने भन्नेमा सहमति जनाएपनि त्यसको माओवादीतर्फवाट भएको पालना सोमवार बेलुका प्रष्ट भयो नै । सोमवार बेलुका एकाएक राज्यद्धारा वेपत्ता पारिएका नागरिकको तर्फवाट नेपाली सेनाको भद्रकालिमा रहेको मुख्यालय घेराउ गरिएपछि माओवादीको भनाइ र ब्यबहारमा कत्तिको सन्तुलत रहेछ भन्ने प्रष्ट भएको छ नै । कोही भ्रममा नपरे हुन्छ राज्यद्धारा वेपत्ता पारिएका नागरिकका परिवार भनेको माओवादी निकट संगठन नै हो ।सैनिक मुख्यालय नै छापामारको घेराउमा परेपछि त्यहाको शुरक्षाका लागि खटिएको प्रहरीले बल प्रयोग गरेछन् । हिजोका दिनमा जङ्गलमा त प्रतिकार गरेका अब सडकमा प्रतिकारका लागि के पछि हट्थे र । धुंवाधार भिडन्त भएछ अनी त्यसवाट करिव एक सय जना घाइते पनि भएछन् । अनी एकाएक शान्तिका लागि वार्ता गर्न काठमाडौं छिरेका माओवादीका जिम्मेवार नेता एकाएक सडकमा प्रकट भएर विद्रोहको धम्कि दिएछन् । हो हिजोका दिनमा भन्दा अहिले माओवादी केही लचिलो बनेको छ नै । तर उनीहरुको अभिब्यक्ति र ब्यबहार हेर्ने हो भने निक्कै शंकास्पद देखिन्छ नै । राज्य भनेको राज्य नै हो । उ माथि नागरिकको शुरक्षाको जिम्मेवारी हुन्छ नै । यसरी माओवादी एकाएक ग्रैर जिम्मेवार रुपमा प्रस्तुत हुंदै नेपाली सेनालाइ उत्तेजित पार्न सैनिक मुख्यालय नै घेराउ गर्न गएपछि राज्य कसरी मौन बस्न सक्छ । यदी कथमकदाचित काठमाडौं छिरेका माओवादीका छापामारले एकाएक सैन्यमुद्ययालयमाथि आक्रमण शुरु गरेभने त्यसको जवाफदेही को हुने ? के विद्रोही भन्दैमा जे पनि गर्ने छुट छ त ? यसरी अहिले विकसित त्रासमय वातावरणको जिम्मेवारीको रुपमा हेर्ने हो माओवादी पक्ष अत्यन्त ग्रैर जिम्मेवार रुपमा प्रस्तुत भएका छन् । उनीहरु चर्का भाषणवाट उत्तेजना फैलाउने काममा नै सक्रिय रहेको देखिन्छ नै । उनीहरुको ब्यारेकको समाचार संकलनका लागि जाने सञ्चारकर्मीलाइ शुरक्षाको कारण देखाएर प्रवेश गर्न दिंदैनन् । अनी आफु भने सैनिक मुद्ययालयमा गएर घेर्ने । १२ वर्षिय द्धन्द्धमा राज्यले मात्र नागरिकलाइ पिडित बनाएको छैन । माओवादविाट पिडित समुह पनि कम छैनन् यहां । उनीहरुद्धारा वेपत्ता बनाएका नागरिकका परिवार पनि अझै जिउंदै छन् यही मुलुकमा । यदी उनीहरुले आफ्ना वेपत्ता परिवार सार्वजिनक गर्न माग गर्दै कामीडाडामा रहेको माओवादीको आधार शिविर घेर्न गए भने के माओवादी चुप लागेर बस्छन् ? यसमा के शंका गर्नु उनीहरु वार्ता भाड्ने सरकारी शड्यन्त्र भन्दै यसको आलोचना गर्न कम्मरकसिहाल्छन् नै । त्यसैले यदी माओवादी पक्ष यदी गम्भिर र जिम्मेवार छ भने अरिंगालको गोलोको रुपमा रहेको राज्यको सेनालाइ जिस्काउने उसका सबै हरकत रोक्नु पर्छ नै । दरवारका विरुद्ध जेसुकै गरेपनि हुन्छ । तर हतियारबद्ध सेनालाइ उसैको मुद्ययालय अगाडि गएर चुनौतिदिने धृष्टता माओावदीले बन्द गर्नु पर्छ नै । नत्र भने अहिलेको शान्ति भांडिएमा त्यसमा सरकार पनि दोषित बन्छ नै तर पहिलो दोषी माओवादी हुनेमा कुनै शंकै छैन ।
Read Full Discussion Thread for this article