Posted by: Jawala September 5, 2006
Maoist - First Lady ! :)
Login in to Rate this Post:     0       ?        
चितवन, सुन्दरपुरकी सीताको भाग्यमा श्रीनगरका छविलाल जुरेका रहेछन् । १५ वर्षकै कलिलो उमेरमा उनीहरूको विवाह भयो, पञ्चेबाजा घन्काएर । छविलालभन्दा सीता छ महिना जेठी हुन् । ब्राह्मण परिवारमा हुर्केर पनि उनीहरू दुवै कम्युनिस्ट पार्टीमा लागे । छविलाल कालान्तरमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डका रूपमा चिनिए भने ५३ वषर्ीया सीता पौडेल पार्टीको सल्लाहकारका रूपमा । त्यसो त कम्युनिस्ट पार्टीका सर्वोच्च कमान्डरकी श्रीमती पनि प्रख्यात भएको इतिहास छ । जस्तो माक्र्सकी श्रीमती जेनी माक्र्स, माओकी श्रीमती याङ काइ हुई उच्च नेतृत्वसँगै जोडिएको नाम हो । यद्यपि सीताको नाम त्यसरी जोडिएको छैन । पार्टी कार्यकर्ताहरूको बुझाइमा 'कास्कीको ह्याङजा गाउँमा जन्मिएर उनले एक कक्षाको पनि औपचारिक शिक्षा लिने मौका पाइनन् तर व्यावहारिक कामले कोहीभन्दा कम छैनन् ।' पार्टीभित्र विभिन्न विवाद चल्दा उनले त्यसलाई साम्य पार्न मध्यस्थकर्ताको भूमिका खेलिन् । त्यसैले पार्टीले उनलाई केन्द्रीय सल्लाहकारमा चयन गरेको छ । गत साउन ४ गते भक्तपुरमा सीता पौडेलसँग अन्तर्वार्ता लिने अवसर जुर्‍यो, जहाँ उनका पुत्र प्रकाश तथा माओवादी नेतृ हिसिला यमी सँगै थिए । More - http://www.kantipuronline.com/kol/nepali/nari/bektito.php
Read Full Discussion Thread for this article