Posted by: KaLaNkIsThAn September 4, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
राहुल भाई, त्तयो lyrics अलिकती झिरिझ्याप भा जस्तो छ, यस्तो होईन र? शायद निको नहुने मेरो घाउ, डहा भै बाँच्छ सधै म भित्र बाँचेकै हेर्ने भए फेरि मलाई हाँसो नै दिने भए फेरि मलाई अब नजरले नघोच मलाई तिम्रो हेराईमा बल्झेर दुख्छ, बल्झेर दुख्छ बिर्सेर पनि मलाई नहेर Awesome song के, जहिले सुने नि सिरिङ्ग हुन्छ ज्यान ... निको भाको १० बर्से पुरानो घाउ चसक्क चस्कन्छ -- हुंदा हुंदा, २-३ बर्ष पुरानो, साझा मै लाग्या अनि साझामै झर्‍या शाहरुख-खाने-दिवानापन पनि अनायाशनै उमठ्ठिएर आँउछ!! कस्तो गीत लेख्या लेख्ने ले नि!! बरु अर्को एउटा गीत पेश गर्छु, पुरानो हो, तर अचेल यहि गीत सुनेर रणभुल्लमा पर्छु don't know the Lyrics writer and the musician. My best guess is Gopal Yonjan... Coz it follows the Gopal yonjan's pattern... Tara Singer is Narayan Gopal मलाई जिन्दगी यो लाग्दछ -- नारायण गोपाल मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो जे छन् सबै ति व्यर्थ छन्, तिंमी भन्दछौ यो प्यार हो वहकिन्छु म सन्तापले सल्केर आगो जल्दछु खाली भएर सुन्य झैं यहाँ खण्डहर झैं जिउदछु मेरा सारा सारा भावलाई आकाश मेरो भन्दछु तर मोहलाई म के भनूँ तिमी भन्दछौ यो भार हो पोखिएकै म पानी भै कहिं शीत भै म अल्झिए थाम्न नसक्दा वेदना कहिं घाउ भएर बल्झिए निर्दोश अनेक नजरमा म आँशू बनेर रोकिए मझधारलाई म के भनूँ, तिमी भन्दछौ यो किनार हो अनि, यो राष्ट्रिय गीतले नि झ्याप्प पार्या-थ्यो, अस्तिन। उता कुनचाँही धागोमा छाप्या थिए, यतै तानेर ल्यामन पर्ला -- मुटुको हरेक - नारायण गोपाल मुटुको हरेक नशा मा तातो शाहस उमाली प्रण गर्छौ सदा देश को निम्ति एक भै नेपाली एक भै नेपाली माटो र ढुंगा, बाहु र बल ले सम्हाली राख्दछौं गौरव गाथा वीरको नाता झन् उच्च राख्दछौं हिमगिरी छर्छन् सदैब सुन्दर शान्तिको सुवास नेपाली जाती हुदैन कहिले अल्छी र उदाशी मुटुको हरेक नशा मा तातो शाहस उमाली प्रण गर्छौ सदा देश को निम्ति एक भै नेपाली एक भै नेपाली हिमाल मेरो विशाल चुलि नदेख्ने को छ र? यो कर्मभूमी बुद्ध को जन्म बिर्सने को छ र? नेपाली आत्मा सम्पूर्ण बोल्छ विश्वको कण-कण मा पहारा गर्छौ धैर्य ले हामी दिएर सम्मान मुटुको हरेक नशा मा तातो शाहस उमाली प्रण गर्छौ सदा देश को निम्ति एक भै नेपाली एक भै नेपाली --Narayan Gopal
Read Full Discussion Thread for this article