Posted by: newuser September 1, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
गजब गैरहेकोरहेछ कविताको देशमा। यो धागो पढेपछि केहि न केहि त लेख्न मन लागिहाल्ने , ल म पनि एउटा ईंटा थपिदिउँ। सबैलाई जदौ। अनि सारंगी रेटौला, मौका मिले फेरी भेटौंला :) कन्फेसन‌‌‌ - शब्दहरु -न्युयुजर मै‍ले शब्दहरुको बरदान पाएकोछु मस्तिष्कका डालाभरी शब्दका बिऊहरु छन् र बाह्रै मास उजाड खेतभरी शब्दहरु छरेर शब्दै शब्दहरुको खेती गर्छु म शब्दहरुको बाली काट्छु म शब्दहरुको खसी पाल्छु अनि शब्द-भोज बोलाएर शब्दैशब्दको मासु-भात पकाएर आफ्नो भोक मेट्छु र शब्दभोगीहरुलाई तृप्त पार्छु मैले लेखेका शब्दहरु शेक्सपिएरका सबै नाटकमा भन्दा बढि होलान मैले बोलेका शब्दहरु मण्डेलाका सबै भाषणमा भन्दा बढि होलान शब्दहरुमा म बुद्धभन्दा शान्तिप्रिय छु चे ग्वेभारा भन्दा क्रान्तिप्रिय छु शब्द चढेका बेला म जो’नी बन्दिन्छु शब्द लागेका बेला म जे’नी गर्दिन्छु शब्दहरुले मैले प‍माणपत्र पाएँ प्रसंशक/आलोचक र प्रेमिका पनि पाएँ शब्द मेरो बाँसुरी हो र यसैलाई बजाएर मैले आफ्नो भजन गाएँ र जगलाई सुनाएँ *********************************** फर्केर हेर्छु - आफूले तय गरेको शब्दको दूरी धेरै दूर छ, अनि आँफैलाई हेर्छु म जहाँको तहिं छु स्थिर छु र अहिले एक्लो छु मेरा शब्दले होमरको ‘ओडिसी’ लेखिएन मेरा शब्दले लिंकनको ‘डिमक्रेसी’ देखिएन मेरा शब्दले श्रीमतीको आकांक्षा मेटिएन मेरा शब्दले जिन्दगीको भाका भेटिएन न त कसैको आलो घाउमा मल्हम दल्यो न त कसैको चिसो चुल्होमा आगो बल्यो न रुन्चे ओंठमा हाँसो छर्न सक्यो शब्दले न फुस्रे कोटमा बिटो भर्न सक्यो शब्दले मसंग कर्मको खेती गर्ने जाँगर थिएन खुशी बाँड्ने र हाँसो साट्ने अवसर थिएन त्यसैले शब्दहरुसंग रौसिंदै र रत्तिंदै गर्दा सिर्जनशिल वयले कोल्टे फेर्नै लागेछ फगत रित्ता शब्दहरुको यही पोको छाडेर 01.09.2006
Read Full Discussion Thread for this article