Posted by: RajaHarischandra August 31, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
डि भि परेको म! - २००६ अगस्ट मसान्त् (कसैको दिलमा यि हरफहरुले चोट पुर्याएको भए म क्षमा को याचानाका साथ फेरि १-२ हरफ हरु फ्याकेको छु।) निल्न पनि नसक्ने, ओकल्न नि नसक्ने, कठै, यो तातो आलु, डि भि भर्यो, पर्न पनि पर्यो, तर खै अब जिन्दगि त मेरो, स्टोर किपरमा पो झर्यो। श्रीमति घरमा हुदा, आफु बाहिर हुन्छु, आफु बाहिर हुदा उ घरमा हुन्छे, हप्ताभरिको लुकामारि पछि बल्ल विकेन्डमा भेटिन्छे। हप्ता बित्यो, बर्ष बित्यो, लाला बाला बढे, एक जुगै बित्यो। आफ्नो भाषा एउटा, सन्तान् बोल्छन् अर्को, सङै बसि कुरा गरौ , तिन्लाइ लाग्छ झर्को। उमेर पुग्यो अब तिन्ले आफ्नै गर्ने रे सुर, बिदामा मात्र हामिलाइ भेट्न आउने भए घर, खै,यो समाजको मलाइ तेति छैन भर, जात सातका त के कुर भएर अब, कतै छोराले केटा ल्याउछकि भन्ने डर। अस्तु|
Read Full Discussion Thread for this article