Posted by: miss_ me August 30, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
bornfree ,This one for you ...from my side :D ********************* गौतमजी कस्तो नारावाजि नि फेरि:) ......."We want मिसको कविता!" ल यँहा छ मेरो गन्थन 'शिर्षक' चै हजूर हरुले राखीदिनु है त **** रुनुपनि जिन्दगी हो हाँसी हाँसी रोइदिन्छु हास्नु पनि जिन्दगी हो रुदा रुदै हाँसी दिन्छु कोलाहलले भरिएको शुन्यताको सफर् भरि रमाउनु छ र् त झनै रमाएरै बाचिदिन्छु। कहिले छातिफुटाएर रोइदिउँ जस्तो लाग्छ कहिले दिलै खोलेर हाँसीदिउँ जस्तो लाग्छ हाँसो अनि रोदनको दो-साँधमा उभिएको जिवन नबुझेको जस्तै गरी जिइदिऊ जस्तो लाग्छ। भर्न खोज्छु जिवनलाई झनै रित्तो जस्तो लाग्छ रित्याउने कोशिस गर्छु भरिएको आभास हुन्छ भरिनु अनि रित्तिनुको चक्र भित्र घुम्दै घुम्दै चिप्लिएका पाइलाहरु सम्हालि रहूँ जस्तो लाग्छ। छोप्न खोजी क्षितिज नजिक आइदिने कहाँ होर? पाउन खोजी गन्तब्य भेटिइ हाल्न कहाँ हो र? तरपनि समयको अधिन भीत्र बस्नु भन्दा कतै छुट्टै भावनामा तैरि रहुँ जस्तो लाग्छ। इति॥॥
Read Full Discussion Thread for this article