Posted by: shirish August 29, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
ekai tharika kaafia haru ko ghazal Probabaly this is the most used words in Nepali ghazal. I have come across more and I will paste them later on. Its fun to see how people use them differently. -घनेन्द्र ओझा अँध्यारो त्यो आकाशमा जून लागेपछि । खुबै राम्री देखिइछ्यौ सुन लागेपछि । बदनामी मात्र पाएँ तिम्रो लागि बाँच्दा यस्तै हुन्छ सायद धेरै गुन लागेपछि । कहाँ गए जिन्दगीका मीठामीठा कुरा बिर्सिइछ्यौ पराइको नुन लागेपछि । कसले पो सम्झिन्छ र जाडोलाई फेरि आङभरि न्यानोन्यानो ऊन लागेपछि । बिउँझिँदो रै'छु यसरी नै सपनीमा मनका सारा कुरालाई फुन लागेपछि । -बुद्धिसागर चपाईँ हामीलाई त पित्तल पनि सुन जस्तै लाग्छन् माथिमाथि बस्ने जति जून जस्तै लाग्छन् । झर्नुहुन्न भन्दाभन्दै झरिदिन्छन् आँखाबाट हामीलाई त खुसी पनि मनसुन जस्तै लाग्छन् । होली चल्यो रगतको पहाडदेखि तराईसम्म आजभोलि हरमौसम फागुन जस्तै लाग्छन् । खोजी-खोजी हत्केलामा मिचीमिची मारे हुन्छ जनता जब चामलका घुन जस्तै लाग्छन् । हाम्रो भन्नु पसिना हो, अरू सबै हजुरैको हजुरले जे बोले 'नि कानुन जस्तै लाग्छन् । रेटिएर धुन भइनँ पिटिएर सुन भइनँ निस्किएँ खलबाट, धन्न पिसिएर घुन भइनँ जे होस् चिनी राख्या रै'छौ भीडमा 'खै कुन ?' भइनँ रङ्गाएँ, सिउँदोको सिन्दुर खालि, सेतो चुन भइनँ नजिकिने इच्छा भएरै टाढिएर जून भइनँ
Read Full Discussion Thread for this article