Posted by: Birkhe_Maila August 29, 2006
Login in to Rate this Post:
0
?
ल अर्को एउटा!
डँढेलो-
मनमा डँढेलो लाग्दा,
सानातिना, झ्यासमिसे,
हिजो सम्म हरिया भएका
ईच्छाका झारहरु बिस्तारै सल्केर,
एकछिन मै खरानी बन्छन।
लक्ष र योजनाका रुखहरु
अघिनै अंगार बनिसकेका हुन्छन।
डाँडाको तुवाँलो हट्ने प्रतिक्षामा
आँखा लोलाउदै जाँदा,
तुवाँलोमा झन डँढेलोको धुवाँ मिसिन्छ!
सबै कालो, सबै खारिलो!
कतै केहि देखिन्न!
एकपटक नराम्रो गालि निस्कन्छ मुखबाट।
कुन चाहिँ पातकीले चुरोटको ठुटो बनमा फालेछ?!
अझै कतै केहि हरियालि छ कि?
ओहो! आशाको झार जलेको रहेनछ!
उकुसमुकुसताको वातावरणमा,
म बँचेखुचेका पात र झार बटुल्न खोज्छु।
खोकि लाग्दैछ, आँशु आउँदैछ,
र्र्याल र सिंगान बग्दैछ!
केहि झारपातहरु अझै बाँकि रहेछन!
म त्यसलाई ह्याकुलामा लुकाएर दौडँदै छु!!