Posted by: Nepal ko chora August 28, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
उहिले बाजेका पालामा - कपिल लामिछाने उहिले बाजेका पालामा, पैसा गन्थे डालामा अहिले हाम्रा पालामा, मकै छैन डालामा !... विरक्तिएका गीत गुनगुनाउँदै बसेको थिएँ । त्यस्तैमा दीनबहादुर टुप्लुक्क आँगनमा देखापर्‍यो । ऊ टोलछिमेकको पढालेखा ठिटो थियो । उसका बाबुले पेट काटीकाटी उसलाई पढाएथे । ठिक ठाउँमा विरुवा रोपे त फल्दो रैछ बा ! ढोकाबाट भित्र पस्दै उसले भन्यो- काका ! त्यसो भन्ने गए । हामीले फाइनान्स कम्पनी खोलेका छौं । त्यहाँ पैसा जम्मा गर्ने गर्नुहोस् या पैसा चाहिएको भए त्यहाँबाट लिने गर्नुहोस् अनि त फेरि हाम्रो अहिलेकै पालामा पैसा हुन्छन् डालामा । पहिले त मैले उसले ख्यालठट्टा गरेको होला भन्ने सम्झें । तर होइन रहेछ । उसले फाइनान्स कम्पनी खोलेकै रहेछ । आफ्नो भाइभतिजाले गरेको काम अगतिलो किन हुन्थ्यो - जम्मा गर्ने पैसा त थिएन, तर खर्च गर्ने ठाउँ थियो । मैले फाइनान्सबाट पैसा लिएँ । दिल खोलेर खर्च गरे्र । टोलछिमेकमा फाइनान्सको खुब प्रचार पनि गरें । अरुहरू पनि फाइनान्स धाउन थाले । केही समयपछि व्याज तिर्ने ताकिता आयो । त्यही पैसाबाट व्याज तिर्दै गएँ । पैसा सकिँदै गयो । खै पैसा त फलेन बा ! मेरो अवस्था झन्झन् खस्केजस्तो, फर्ुमास बढेजस्तो, मन बाँध्न नसकेजस्तो पो लाग्यो । तै फल्ने बेला हुँदै पो छ कि भन्ठानेर चिन्ता र आशा मनमै साँचें ।..... अनि फेरि एकदिन झारझुर पारेर व्याज तिर्न फाइनान्स पुगें । त्यहाँ व्याज र किस्ता बुझाउनेको धुइरो लागेको थियो । ऋण लिनेको पनि धुइरो उत्तिकै थियो । फाइनान्सका कर्मचारीलाई पैसा गन्न भ्याइनभ्याई थियो । नोटहरू मेसिनले फर्रर्रर गनेर बिटा बाँधेर राख्दै थिए । सिक्का -रेच्की) जति दर्ुइ तीनवटा डालामा गन्दै नगनी थुपार्दै थिए । म कुकुरले कलो हेरेझैं धित गाडेर हेरिरहेको थिएँ । दीनबहादुर टुप्लुक्क देखापर्‍यो । सुट र र्टाई लगाइएको खुब सुहाएको थियो । देख्दैमा त्यसै खाइलाग्दो मान्छे आफ्नो भाइभतिजा भन्न पनि धक लाग्ने । ऊ मीठा मुस्कान र्छर्दै मेरा नजिक आयो । म त्यसै गद्गद् भएँ । मेरा नजिक आएर उसले भन्यो- के छ काका ! गारो परे फेरि पनि भन्नुहोला है ! म छु नि ! एकछिन त म केही बोल्न सकिन । पछि धक मानीमानी भनें- बाबु, खै डाला त पैसा फलेनन् नि ! डालो त रित्तै छ । उसले त्यहीँभित्र देखाउँदै भन्यो- ल काका पनि, हेर्नोस् न यी । यी यस्ता पैसा हामी गन्दै गन्दैनौं, यति डाला उति डाला भनेर पाथीले नाप्छौं । अझ पनि हजुरले डाला पैसा देख्नुभएन - म केही बोलिन । मैले बुझें- डाला पैसा हाम्रा होइन, तिनका पो फल्दा रहेछन् । मेरा लागि त उही गीत पो साँचो रहेछ- उहिले बाजेका पालामा .....! Source: Madhuparka
Read Full Discussion Thread for this article