Posted by: shirish August 28, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गजल बूँद राना मै हुँ भन्नेको नतिजा देखियो मुटु छामेको त ढुङ्गा भेटियो। माथि पुग्ने चाहना राम्रै थियो माथि पुग्न शिरमाथि टेकियो। मैनबत्ती के निभाएथे फुकी भन्न थाले घामलाई छेकियो। फुल्ने डाली झुक्तछ भन्थे तर झुक्न खोज्दा जिन्दगी नै हेपियो। यो विधिले सहनुको नाघ्यो सीमा जिन्दगीकै राजीनामा लेखियो। 'बूँद'लाई चोट त्यो दुख्ला भनी फूलमा राखेर घाँटी रेटियो। भोलि उनको जीवनी पढ्नेछु म दाग थियो त्यो जिन्दगीको मेटियो। www.sahityasarita.com
Read Full Discussion Thread for this article