Posted by: kp dhungana August 27, 2006
दरवारको सम्पत्ति कत्ति कत्ति
Login in to Rate this Post:     0       ?        
आम्मामा गरिव देशको धनि राजा त्यसै त भनेको हैन नी हो । बाफ रे बाफ दरवारको नाममा त कत्ति सम्पत्ति हो कत्ति । ज्ञानेन्द्र कस्तो मुर्ख राजा रहेछ यार । म भएको भए त आफ्नो प्रत्यक्षकालमा आफ्नो सम्पत्तिको आधा भाग देश विकासमा खर्च गरेर जनताको मन जित्थे । तर, ज्ञानेन्द्र शाहले त केवल टाउको हल्लाएर बुझे बुझे भनेर पो यो हालत भएको त । आज दरवारको सदस्यको नाममा विभिन्न १८ वटा कम्पनिमा भएको लगानी विवरण सार्वजनिक भएछ । कसरी हिसाव गर्ने खै पैसामा त मैले गणना नै गर्न सकिन नी हो । लगानी शेयरमा गरेको रहेछ । शेयर नै कत्ति हो कत्ति । राजा ज्ञानेन्द्रको नाममा मात्र एक लाख कित्ता शेयर रहेछ । अनी दोस्रोमा उसकै छोरी प्रेरणाको नाममा चालिस हजार कित्ता शेयर रहेछ । दरवारको शेयर लगानी रहेको कम्पनिको नाम पढ्दा त देश खर्लप्पै निलिपो सकेछन् नी त हो । SOURCE : http://www.hamroblog.com
Read Full Discussion Thread for this article