Posted by: shirish August 27, 2006
Login in to Rate this Post:
0
?
गोविन्द श्रृङ्खला (महेन्द्रनगर कञ्चनपुर)
गजल
शक्तिको बेजोड पर्खाल पनि हुरिले ढलेछ,
नडग्ने लाई पछार्ने यौटा हल्ला पो चलेछ ।
एकता भए जो कोही पनि झुक्नु नै पर्दछ,
भोग र बिलास थुपारिएको महल जलेछ ।
हठ र ढिपी कसैका लागि अनन्त हुदैन,
दर्ुदशा कस्तो द्वन्दको ज्वाला दन्केर बलेछ ।
हैकम आफ्नो थोपर्ने पनि भएछ निस्तेज,
अदम्य आँट छ भन्ने पनि अन्तमा गलेछ ।
नेपाल देश पाएर फेरी नेपाली रुखमा,
कहिले पनि नझर्ने फल लोक्तन्त्र फलेछ