Posted by: Birkhe_Maila August 25, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
खै यो धागोलाई माथि ल्याउन मन लागेको। नयाँ केहि छैन। एउटा पुरानो कविता (पहिला नै साझामा टाँसिसकेको हो) लाई अलिकता परिमार्जन गरेर पुन: टाँस्दैछु। काठमाण्डौको बिहानी – राजधानी हुनुको खोक्रो गर्व गर्दै फोहोर अनि दुर्गन्धको घुम्टो ओढ्दै, सधैँ झैँ, काठमाण्डौ, बिहानी बोलाउँछ! ईतिहास देखि नै सम्पन्न काला महलहरु, यत्र तत्र मौलाएका खस्रा ईँटका थुप्राहरु, थाम्नै नसक्ने भार बोकेका विवस सडकहरु, जर्जर, फुस्रा, खण्डित र कथित सात्विक मंदीरहरु, बिस्तारै ब्युँझन्छन्! भोकै सुतेको ‘सन्ते’ पाउरोटी भुँडिमा हाल्छ, पानी पिउँछ र रिक्सा निकाल्छ। टन्न खाएर सुतेको ‘राममान’ चिया पिउँछ, सटर खोल्छ, र पसलमा धुप सल्काउँछ! सडकको पेटीबाट एउटा खाते बिउँझन्छ! चुरोटको तलतलले यता उता नियाल्छ, जिउ कन्याउँछ, बोरा पट्ट्याउँछ र नजिकैको चियापसल बाहिर फालिएका, चुरोटका ठुटा सङगाल्छ! अटाइ नअटाई भुँडि भर्ने मन्त्री, बल्ल जाँडले छोडेपछि, ‘एट्याच्ड’ बाथरुममा छिर्छ, बमन गर्छ, कुल्ला गर्छ र मर्निङ वाकमा निस्कन्छ। सचिवले ‘ट्रयाकसुट’ लगाउँछ, पाल्तु कुकुर डोर्र्याउँछ र हिजोको मिटिङले भरिएको खल्ति सुमसुम्याउँछ! भुस्याहा कुकुरहरुले, सडकमा रासलिला मच्चाउँदा, अघिसम्म मिचिएकी सुन्तली छिटो छिटो लुगा लगाउँदै, ओइलाएको अनुहार लिएर बाहिर निस्कन्छे, र आफ्नो अस्मितालाई सम्झन्छे! रातभरी आत्तिएको विरामी, ठिक भएको अनुभव गर्छ, ‘बेड’लाई नै बाथरुम बनाउँछ, कुरुवालाई थप दुख दिन्छ र ‘टिचिङ्’ को क्याबिनमा बल्ल निदाउँछ! ‘भिडियो गेम’ सम्झँदै सुतेको फुच्चे, हिजो रातीको ‘ड्याडी’को आश्वासनमा दंग पर्छ ‘कर्न फ्लेक्स’ दूध संग निल्छ, ‘टिफिन’ ‘वाटर बोतल’ र आफू भन्दा ठुलो झोला बोकेर स्कुल बस चढ्छ। डेरामा बस्ने किस्ने, दाँत माझ्दै घरबेटीको छोरी सम्झन्छ, स्टोभमा दम दिन्छ, चिया पकाउँछ, कपालमा ‘केवो कार्पेन’ लगाउँछ, र खैनि च्याप्दै क्याम्पस जान्छ। ‘डायबिटिज’ ले पिडित पंडित, खाली खुट्टा पशुपती जान्छ, थोरै मन्त्र फलाक्छ, धेरै छिमेकिलाई सराप्छ, ‘जेरि स्वारी’ हसुर्छ र जेठो छोरोले मम खाएकोमा। बागमती नुहाउँछ! राजधानी हुनुको खोक्रो गर्व गर्दै फोहोर अनि दुर्गन्धको घुम्टो ओढ्दै सधैँ झैँ, काठमाण्डौ, बिहानी बोलाउँछ!
Read Full Discussion Thread for this article