Posted by: world_map August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
'चौतारी भेटघाट' मेरो दिमागमा नि केही महिना अघिदेखि नै आइरा'को आइडिया हो, तर सबै गाम्लेहरू संसारका विभिन्न भागमा छरिएर रहेका हुनाले गाह्रो हुने देख्दै थिएँ। एकै ठाममा अलि बढी गाम्ले छन् भने त भेटघाट गर्दा रमाइलो हुन्छ। केही वर्ष पहिले साझाको भेटघाट अम्रिका र नेपालाँ गरेर दुइ पल्ट भा'थ्यो, फोटा नि टाँस्याथे क्यारे। अहिले त चौतारीमा मात्र त्यतिबेलाको साझामा जति मान्छे भैसके। त्यसैले अम्रिका या जापुनतिरका गाम्लेले 'चौतारी भेटघाट' कार्यक्रम गरेर फोटो टाँसे रमाइलो हुन्थ्यो। आफू बस्या गामतिर त अहिले आफू बाहेक कोही गाम्ले छैनन्। निरे थ्यो, घर फर्क्यो। मिस्टे पोहोर सम्म फुरान्स थियो क्यारे, अहिले चैं झिंगापुर (सरी, सिंगापुर) रैछ। तर मलाइ विश्वास छ, कुनै दिन म तपाईहरू सबैसँग भेट्नेछु। :)
Read Full Discussion Thread for this article