Posted by: shirish August 25, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गजल रंग छन् कांडा छन् पत्र पत्र छन् तर फूल मेरो होइन ! आंखामा राख्न सकि हाल्ने मन्जुल बिल्कुल मेरो होईन ! बेला बखत सम्झनाको पर्दामा आई तर्साउन सक्छु, च्यात्दैमा फोड्दैमा निर्मूल हुने कबुल मेरो होईन ! हो ! आफ्नै अस्त्रहरुबाट धेरै पल्ट घाईते भएको हुं, सास निस्कने गरि छातिमा रोपेको त्रिशुल मेरो होइन ! उत्रेका थोरै पापहरु नै काफी छन् मेरो परिचयलाई, डुबेकाहरु हेरि ब्याकुल हुनु असुल मेरो होईन !
Read Full Discussion Thread for this article