Posted by: Pretty August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
सान्नानि (तीजको बेलामा रातो पहिरनमा चिटिक्क परेर)- ए चिटिक्कै भा छु रे पोते र चुराले मै दङ्ग परेँ, मै छक्क परेँ सङ्गिको कुराले ए चिटिक्कै भा छु रे हिराको टपैले हो क्यारे साँच्चै खाउँला झैँ काच्चै हेर्छन नि सबैले यहि गीत् गएर नाच्दै छु जिम्माल् बा म, कति राम्रो गीत् लेखिदिनु भाको। कुम्ले, तिम्रो कथा दामी छ, तिम्ले मलाइ खीर् नदिएनि मैले थुप्रै खाना ल्याइद्याछ सबैलाइ भनेर :) ओहो ठुली कति राम्रो कुर्था सुरुवाल् पाएछौ, तितौरीको नि राम्रो छ, मलाइ नि चाहिन्छ नाइ :( मिस् म त आएँ हजुर् कता? ल छिटो केके पकाछ लिएर आओ त सबै जना। फेरि भरे माछा खान जानुपर्छ के पुन्टे दाइकाँ। माछा खान हुन्छ र भन्या आज? अब दाइहर्ले भनेछि हुनि त होलानि, खाइदिन्छु म त। जिम्माल् बा केको डाइटिन् नि अब, खाने हो बेस्कन म त। :)
Read Full Discussion Thread for this article