Posted by: Gautam B. August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
तीजको शुभकामना यो चौतारीका सप्पै दिदी बहिनीहरुलाई। मिल्ने भए संगै दर खान हुन्थ्यो, पर्शान्ते खोलाले छेक्दियो। यस्तै हो, नमरी बाँचे दैवले साँचे एउटा न एउटा दर कस्सो संगै नमनाइएला! बरु भोकै बसेर जीउ नसुकाउनु नि! यो तीजलाई धर्मबाट पूरै छुट्याएर विशुद्ध सांस्कृतिक चाड बनाउनुपर्ने आवश्यकता छ। बूढाको लागि बूढीले जीउ सुकाउनु पर्ने रे! अझ अविवाहितले त रामजस्तो अथवा शिबजस्तो बूडो पाम् भनेर बर्त बस्ने रे! शिबेजस्तो गँजेडी पोई के काम? धोबीका कुरा सुनेर गर्भवती सीता लखेट्ने रामजस्तो घटिया पोई के काम? तीजलाई दाजुभाई-दिदीबहिनी भेला भएर रमाइलो गर्ने विशुद्ध मनोरञ्जनात्मक चाडको रुपमा मनाउने चलन चलाउँदा राम्रो होला।
Read Full Discussion Thread for this article