Posted by: Poonte August 23, 2006
TEEJ
Login in to Rate this Post:     0       ?        
छ्याऽऽऽऽऽऽऽऽऽऽ भउते बुईनी नि कुरै नबुझ्ने के बाई! फेरि तीजमा नाच्दा नाच्दै सारी नै फुस्क्यो भने त सबै संगीहरुले पुरानो च्यातेको पेटिकोट देखेर खिसी ऊडाउलान् नि, बाई! छ्याऽऽऽऽऽऽऽऽऽ नाई के! त्यो लाखेको चमर मेरो सुकुमारी टाउकोमा भिर्दा, तिम्ले नै अस्ति देखिको रिस पोख्न लुछेऊ भने के गर्ने होला नि? सोझि भनेको त एक नम्बरको बाठी पो निस्क्यो बाई यो भउते बुईनी त! रातो सारी संग रातै स्यान्डिल भए नि हुन्थ्यो नि बाई। मेरो त छैन। मेरो धोबिनी पोईलाई ल्याईदे भन्नु पर्ने रैछ अस्ति नै, म मोरीको बेलामा बुद्धि आए पो! खिसी नउडाम् न बाई मेरो गहनाको। कत्ति बर्ष लाइर बटुलेकी हुँ मैले नि यि सबे गहना। तीज के बेलामा त हो नि संगीहरुलाई देखाउने! छ्याऽऽऽऽऽऽऽऽऽ मलाई त राम्ररी नाच्न नि आउँदैन, बाई! सरम् नै हुने हो कि यो शनिबार? सम्झिंदै लाजले भुतुक्कै भई सकें बाई म त! नेप्चे मोरीलाई कस्तो सुहाउने होला बाई त्यो सुट! रतेउलीमा त मोरीले कत्ति हँसाउने होला बाई! कस्ती जानेकी हेरन फेरि! सुट संग रंग मिल्ने उनको पोईको हनुमान कट्टु नि सुटुक्क लुकाई सकिछे!
Read Full Discussion Thread for this article