Posted by: CaMoFLaGeD August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा!! जिम्माल बा!! "दिल सफा छ" राम्रो लाग्यो। मिस, हजुरको फोन लागेन रे? ओहो! मेरो त लाग्यो त। बुवाको मुख हेर्ने भनेर फोन गर्यो कुरा जत्ति आमा सङ मात्र हुन्छ। बा सङ त एकछिन मात्र हो। हिजो को फोन बार्ता "जस्ता को त्यस्तै" "बा! हजुरको मुख हेर्न फोन गर्या।" "ए! अनि के छ त तेरो खबर?" "ठिकै छ, अनि हजुरको नि?" "ठिकै छ, अनि कहिले आउछस् नि नेपाल घुम्न?" "खोइ हेरुम्!" "आमाले त तँ दशैँमा आउछस् भन्दै हुनुहुन्थ्यो नि" "ए हो र! खोइ केहि प्लान छैन, बा" "ए, ल ल आमा सङ्ग कुरा गर, उसलाई गार्‍हो परिसक्यो कुरा गर्न नपाएर" "हे हे हे, हुन्छ, दिनु न।" "छोरा सुन्न!" "सुनिरहेको छु, आमा!' "त्यो तेरो साथी छ नि रबिन, बिहे गर्न आउदै छ रे मङ्सिरमा" "ए!" "हैन कस्तो मान्छे होला तँ पनि?" "किन नि?" "सबै साथीहरु बिहे गर्न थाली सके, त चाँहि कुरा टारेर बस्छस" "आमा, आज बा को मुख हेर्ने दिन के को बुहारीको कुरा नि? अर्को पल्ट बुहारी एजेन्डा बनाएरै फोन गरुम्ला नि, हुन्न?" "आफुलाई बुहारीको मुख हेर्न मन लागिसक्यो, यसपाली फाल्गुनमा चाँहि जसरी पनि मिलाएर आइज है, बरु तेरो बोसको फोन नम्बर दे उसलाई पनि निम्तो दिन्छु, अनि तँलाई अलि धेरै बिदा पनि मिल्छ" "हा हा हा! हस हस, यो सम्बन्धी सबै कुरा अर्को पल्ट फोन गर्दा गर्ने है आमा! ल सबैलाई सम्झना सुनाइदिनु, अनि तीजमा दिदी अनि बहिनीलाई मेरो तर्फ बाट राम्रो गिफ्ट किनिदिनु है त" "हेरन कुरा टारेको, ल ल पछि कुरा गर्छु तँ सङ्ग" "हस त बाई" जिम्माल बा ले अर्को थ्रेडमा भने जस्तै "आफु एक्लो भाको आफु भन्दा पहिले आमालाई थाहा हुने" के, हे हे हे!!
Read Full Discussion Thread for this article