Posted by: Birkhe_Maila August 22, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
लु दादाओ फुर्माइसमा माथि भनेओ जोडिहरुको गित- चित्रे र ठुल्नाननिको अलि ठस्याक ठुसुक परेओ रेछ हिजो! के कुरो मिलेन कु्नि तेति भेउ पाइन मुइँले तर कुरो चाइँ यस्तो भैराको थ्यो- चित्रे- कस्तो दिनमा भेटेछु खुनिलाई माया गर्दा झन टाढा हुनिलाई विन्ध्यवासिनी, भित्रि मन रोइराछ बाहिर हाँसे नी ठुल्नानि- हे किन मलाई भेट्यौ नि पापी छोडि गयौ दुखिलाई पिर काटी विन्ध्यवासिनी, भित्रि मन रोइराछ बाहिर हाँसे नी यता कुम्ले र तितौरिको अस्ति नै गाएको गित गाम्दै मजाओ जुहारि चलिराको रेछ- कुम्ले- छुट्टा छुट्टै बस्ने हो कति दिन आमाले नि बुहारी लेउ भन्छिन दिल सफा छ माया जालमा न हुन्छ नोक्सानी न त नाफा छ तितौरी- हुन्न अहिले बिहेको आश गर्न देउन पहिले आइ ए त पास गर्न दिल सफा छ माया जालमा न हुन्छ नोक्सानी न त नाफा छ कुम्ले- किन पढ्न खोजिछौ यहाँ भन्दा आखिर तिमीले गर्नु छ घरधन्दा दिल सफा छ माया जालमा न हुन्छ नोक्सानी न त नाफा छ तितौरी- सयौँ खोला म एक्लै तर्नु छ पढि लेखि मैले केहि गर्नु छ दिल सफा छ माया जालमा न हुन्छ नोक्सानी न त नाफा छ
Read Full Discussion Thread for this article