Posted by: Bhaute August 22, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
कसैलाई के को धन्दा, केटीहुरलाई साडीको धन्दा। :p :p उता पुन्टेदाइ बाँधेर लडाका ठाम बाट फुत्केर भागे अरे। थाह पाएनौ ? पैला पुन्टेदाइलाई तह लाएर कुरो पक्का हुन त देओ न केटी हो। अनि त तिमेरुलाई गोनुचाको पसलाँ लगेर जस्तो भन्चौ त्यस्तै एक एकोटा साडी हाल्दिम्ला नि। बरु साडीमा सेट मिलाम्ने एक एकोटा बुलाउज को कपडा र रिबन पनि किन्दिम्ला। बुलाउजलाई त कति कपडा लाग्ला र, एउटीलाई एउ बित्ता भे पुगिहाल्छ। :p :D कुरो पक्का भे'सि त्यो हर्खमा मैले त्यति पनि नअरम्ला त? ;) अझ त्यो तितौरीले त माझीमाइला दाइ काँ गएर जालको धागो माग्दै थी' रे, मेरो छोरोको लागि कन्ननी बाट्न। हैन के सारो हुन हउ यी केटीहरु। बिहे हुन काँ छ काँ कन्ननी खोज्दै हिन्नी गाँठे। :-) आफूलाई यहाँ जुरेलीलाई जोगाउनै कत्रो गारो। :p बरु पैला घराँ डोरी, लठ्ठी, आँसी, हतासो, कपडा ठटाम्नी मुग्रो जे जे छ बोकेर हिँन, पुन्टेदाइलाई छोप्न। बिर्खेका खरबारी खरबारी हुँइकिँदै झरेर शेखाम तिर उकालो ला'का थे'रे। यता वालिङ स्याउँजा, नाउँडाँडाको बाटो जाँदा थाह पाम्छन भनेर उता शेखाम, गजरकोट, भिमाद, दमौली हुँदै पोखरा जान कस्सेका होलान। मुलाई थाह छ नि तिनको पिलान :-) धोबिनीलाई नि त्यै बाटो मनकामना पुर्याका हुन के तिनले। :p :-) -भउते
Read Full Discussion Thread for this article