Posted by: Gautam B. August 22, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
यो कथा महाभारतभित्रकै एउटा कथा हो क्यारे। पौराणिक कथा वस्तुलाई मदनमणि दिक्षितले क्या गज्जबसंग उतारेका छन्! त्यै समयमा पुगेको र पात्रहरुलाई नजिकैबाट हेरेर बसेको भान हुन्छ! गालउजी, म त्यस्तो क्रेजी त हैन, तर दुई चार वटा किताब भने एक बसाईमा भ्याएको छु। 'माधवी' बाहेक डाइमण्ड शमशेरको 'वसन्ती', चेखोभको एउटा कथा संग्रह (नेपालीमा), गोर्कीको 'आमा', जर्ज ओरवेलको 'एनिमल फार्म' (यो अलि सानै छ) र पोहर 'दा भिन्ची कोड' पढेको हुँ एक बसाईमा। कतै केहि कुराको वास्ता नगरी निर्धक्क एक बसाईमा एउटा किताब सक्ने गरी पढ्न पाउने privilege स्कूले जीवनसम्म मात्रै हुन्छ, शायद। जति ठूलो हुँदै आयो, जिन्दगी उति खण्डित हुँदै जाँदो रहेछ।
Read Full Discussion Thread for this article