Posted by: gaalab August 22, 2006
Login in to Rate this Post:
0
?
ल! गोतामेजीले त ठ्याक्कै पार्दिए हे गाँठे!
त्यो 'गालब 'ले चाहेर माधवीलाई दुख दिएको थिएन। वर्षौं माधवीको संगत गरेर पनि सदैव संकोच मान्ने, ठिक समयमा ठिक निर्णय लिन नसक्ने, साना-तिना कुरा मनमा खेलाएर ठुला भूल गर्ने आदि उसको ब्यहोर देखेर आदिकालको परिवेशमा (द्वापरयुग हो क्यारे!) भए पनि 'गालव'लाई साधारण मानव चरित्रको रुपमा देखाइएको छ। मलाई त्यो मन पर्यो। र, मैले पनि आफू र त्यस गालवबिचमा केही समानताहरु देखेको थिएँ। किताब पढ्दा भर्खर १५-१६ थिएँ, तर छाप भने गहिरो बसिराख्यो। साझामा रजिस्टर गर्ने बेलामा के नाम राखूँ के भइराख्या'थ्यो, झस्स यही नाम सम्झेर राखेको हुँ।
तर, एकै बसाइमा कसरी सकिन्छ यार तेत्रो किताब? महाभारत जस्तो बाक्लो छ त! गोतामेजीलाई मान्नै पर्छ; मेनियाक हो कि क्या हो? :D मलाई त महिना नै लागेको थियो।
यो किताबको कुरा भन्नु पर्दा, चौथो श्यामकर्ण घोडा गुरुलाई दिने आइडिया चाहिं दामी लाग्यो। अनि, यो उपन्यासको कथावस्तु मदनमणिको आफ्नै मौलिक त हैन क्यारे! संस्कृत (हो कि हिन्दी) भर्सनमा त गालव र माधवीको बिछोड नै हुन्छ रे! मदनमणिकोमा चाहिं लास्टाँ मिलन भा'को देखाइएको छ।