Posted by: Poonte August 21, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
कता कता बिहेको जमर्को कस्सि रा’ जस्तो ला’गो। यो अँधेरो कोठाँ क्यारि था’पाम्नि होला? कस्को बिहे हो, कुन्नि? कहिले हो, कुन्नि? रतेउली खेलेको हेर्न र रमईलै हुन्थो के रे। यसपालाँ छुट्ने भो जस्तो छ! मेरी धोबिनीलाई कत्ति नचाम्ने हुन् गामकी अइमईहुरले! अजकलका भाराभुरीलाई था’ नि नहुँदो हो रतेउली के हो। य्हाँट फुत्किन पाए त भन्दिन्थें के रे। कोसिस अर्दा अर्दा हात गोडाँ सब पिल्सि सको, नारन्! बोली त प्याट्टै निलालेनन् के रे ति गुन्डाहुरले! पक्कै चिनेकै मुन्छेहुर हुन पर्च। फेरि बोलीले छिन्ला भुनेर होला, आवाजै नलिकाली झ्याईंकुटी पारेर य्हाँ फ्याँकेर मरे! एउटाको त नाक सम्मुन् समात्न भ्या’को थिएँ, तो गोताएँको जस्तै चुचो चुचो थो। अर्काऽ कान समातेथें, गालउको जस्तै ढ्याब्रे थो! हैन, गालउ फर्के कि के हो सहराँट? जुरेलीको के भईच, कुन्नि? हे, दैव नारन्, क्यारि फुत्किनि हो ह्याँट? हमममममममममममममममममम्!!!!!!!!!!! ऊफफफफफफफफफफफफफफफफफफफफफ्!!!!!!!!!!!!!!! ठससससससससससससससससससस्!!!!!!!!!!!
Read Full Discussion Thread for this article